इचङ्गुनारायण मन्दिरबाट ४ वटा मूर्ति चोरी

नागार्जुन नगरपालिका–३ मा रहेको इचङ्गुनारायण मन्दिरबाट मूर्ति चोरी भएको छ । गएराती मुल मन्दिरबाट राधा र कृष्णका ४ वटा मूर्ति चोरी भएको हो ।  चोरी भएका मूर्ति सूर्यमान श्रेष्ठ र वाइके पाण्डेले मन्दिरमा चढाएका थिए । मन्दिरको मुख्य भवनको ग्रिल र झ्यालको जाली उप्काएर मुल मूर्तिसँगै रहेका ढलोटका मूर्ति चोरी भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी मिलन केसीले रातोपाटीलाई बताए । इचङ्गुनारायणलाई काठमाडौं उपत्यकामा रहेका चार नारायणमध्ये सबैभन्दा कान्छो नारायण भनेर चिनिन्छ । चोरीमा संल

सम्बन्धित सामग्री

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छविकालीन मूर्ति चोरी

ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति चोरी भएको छ । तीन सय वर्ष पुरानो मूर्ति शनिबार राति चोरी भएको ललितपुर प्रहरीले जनाएको छ ।मूर्ति चोरी भएको खबर थाहा पाउनासाथ ऊर्जामन्त्री पम्फा भुसाल आइतबार बिहान घटनास्थलको निरीक्षण गर्न पुगेकी थिइन् । सुनाकोठी भुसालको निर्वाचन क्षेत्र पर्छ ।मन्त्री भुसालले मूर्ति चोरीको भत्सर्ना गर्दै तत्काल दोषी पत्ता लगाई मूर्ति खोजी गर्न प्रशासनलाई निर्देशन दिएको जानकारी गराइन् ।

ललितपुरको बालकुमारी मन्दिरको मूर्ति चोरी

ललितपुर, ९ माघ । गएराति ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको पुरानो मूर्ति चोरी भएको छ । शनिबार रातको समयमा धातुको मूर्ति चोरी भएको प्रहरीले जनाएको छ । मन्दिरबाट मूर्ति चोरी भएको थाहा पाएलगत्तै ललितपुर प्रहरीले खोजिकार्य थालेको छ । बालकुमारी मन्दिरको धातुको पुरानो मूर्ति चोरी भएको हो । सांकेतिक मुर्ति

ललितपुरको बालकुमारी मन्दिरको मूर्ति चोरी

काठमाडौँ । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ । पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति गएराति चोरिएको हो । मन्दिरका पुजारी आज बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो । प्रहरीले मूर्ति चोरी भएको जानकारी […]

दुई सातामा उपत्यकाका तीन स्थानबाट मूर्ति चोरी

पछिल्लो दुई सातामा उपत्यकाका तीन स्थानमा मूर्ति चोरी भएको छ। अभियन्ताका अनुसार काठमाडौं र ललितपुरका गरी तीन ऐतिहासिक महत्वका मूर्ति चोरी भएका हुन्। सम्पदा अभियन्ता यादवलाल कायस्थका अनुसार सशस्त्र प्रहरी...

हलचोकबाट आकाश भैरवको मूर्ति चोरी

काठमाडौं : सोमवार राति हलचोकबाट आकाश भैरवको मूर्ति चोरी भएको छ। हल्चोक आकाश भैरव गुठीका अध्यक्ष सागर पुतुवारले मूर्ति चोरी भएको जानकारी दिए। राति करिब १२ बजेको मूर्ति चोरी गरेको उनले बताए। प्रहरीले घटनाको छानबिन गरिरहेको छ। पछिल्लो केही समयदेखि काठमाडौं उपत्यकामा देवदेवीको मूर्ति चोरी हुने क्रम बढेको छ। केही…

भीमेश्वरको प्रवेशद्वारमा राखिएको मूर्ति चोरी

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ ।  भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने प्रवेशद्वारको खोपामा राखिएको सरस्वतीको दुई मूर्ति चोरी गएराति चोरी भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए ।गएराति करिब १२ बजेको समयमा नकाबधारी व्यक्तिले सरस्वतीको मूर्ति चोरी गरेको दृष्य सिसिटिभीमा कैद भएको र त्यसबारे अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए । मन्दिरको गेट बाहिरपट्टि रहेको सरस्वतीको मूर्ति चोरी

भीमेश्वरको प्रवेशद्वारमा राखिएको दुई मूर्ति चोरी

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ। भीमेश्वर मन्दिर परिसर प्रवेश गर्ने द्वारको खोपामा राखिएको सरस्वतीको दुई मूर्ति गएराति चोरी भएको गुठी व्यवस्थापन...

डोल्पामा पुरातात्विक मूर्ति चोरी

डोल्पाको काइके गाउँपालिका–१, टाछिङस्थित जंगलको बीचमा रहेको खागर बौद्ध गुम्बाका ऐतिहासिक महत्वका मूर्तिहरु चोरी भएका छन्। मन्दिरमा राखिएका त्रिकाल बुद्धका दुई थान मूर्ति चोरी भएका हुन्।...

मन्दिरबाट पाँच मूर्ति चोरी

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङस्थित ३ गजुर भएको शिवालयको मन्दिरबाट चार र ढुङ्गेधाराबाट एउटा गरी पाँच मूर्ति चोरी भएका छन् । गत पुस २८ गते राति पाँचवटै मूर्ति चोरी भएका हुन् । स्थानीय भक्तजनले २९ गते बिहान नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि मूर्ति चोरी भएको थाहा भएको हो । चोरी भएका मूर्तिमा दुर्गा, भैरव, कुमार र नारायणको छन् ।