सरकार निर्वाचनमा, व्यवसायी सडकमा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु भोट माग्दै जनताका घरदैलोमा पुगिरहेका छन् । तर यता व्यवसायी भने चर्को व्याजदर र राष्ट्र बैकको चालू पूँजी कर्जा सम्बन्धी पछिल्लो निर्देशिकाका कारण गरीखान नसकिने भन्दै सडकमा आन्दोलन गरेका छन् । तरलताको कारण देखाउदै बैंक तथा वित्तीय संस्थाले १६ देखि १८ […]

सम्बन्धित सामग्री

निर्माण व्यवसायीको बक्यौता भुक्तानी  गर्न निर्देशन

काठमाडौैं। निर्माण व्यवसायीहरूले सरकारी काम गरेबापत पाउनुपर्ने बक्यौता भुक्तानी गर्ने व्यवस्था मिलाउन प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । बुधवार सिंहदरबारमा आयोजित समितिको बैठकमा सांसदहरूले निर्माण व्यवसायीको भुक्तानी ढिलो भएको विषयमा प्रश्न उठाएपछि समितिले छिटो भुक्तानी दिन निर्देशन दिएको हो । त्यस्तै ठेक्का सम्झौताअनुसार तोकिएको समय र गुणस्तरअनुसार काम गर्ने वातावरण मिलाउन पनि समितिले निर्देशन दिएको छ । बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीले काम गरेको रकम विशेष व्यवस्थापन गरेर भए पनि भुक्तानी गर्ने टुंगोमा पुगेको बताए । उनका अनुसार अन्य मन्त्रालयको ३ र भौतिकको ४ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । काम गरेको रकम नपाएपछि नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा व्यवसायी सडकमा उत्रेका थिए ।  मन्त्री ज्वालाले सार्वजनिक खरीद ऐन संशोधन नहुने बताउँदै नयाँ ऐन ल्याउने तयारीमा सरकार रहेको पनि समितिलाई जानकारी दिए । अहिलेको ऐनले विकास निर्माणको काम अघि बढाउन सहज नभएको भन्दै उनले यो विषयमा प्रधानमन्त्रीसँग बुधवार पनि छलफल गरिएको जानकारी दिए । ‘पुरानोलाई संशोधन, डेन्टिङ पेन्टिङतिर हामी जाँदैनौं । नयाँ सार्वजनिक खरीद ऐन ल्याउने गरी काम अघि बढाइएको छ,’ उनले भने ।  बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले विकास निर्माणको सुस्त गतिबारे प्रश्न उठाए । उनले विकासका बाधा हटाउन नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिए । सापकोटाले पूर्वाधार विकासका लागि सरकारले पूँजी परिचालन गर्नै नसकेको गुनासो गरे ।  मन्त्री ज्वालाले चाडपर्व लक्षित सडक मर्मतसम्भारका लागि बजेटको अभाव रहेको समेत बताए । बजेट अभावका कारण दशैंअघि नै सडक मर्मतसम्भार र यातायात व्यवस्थापनको काम भने जस्तो हुन सक्ने अवस्था नरहेको मन्त्री ज्वालाको भनाइ छ । उनले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने पनि बताए । जथाभावी भाडा लिएर यात्रु ठग्ने व्यवसायीमाथि कडा कारबाही गर्ने उनले चेतावनी दिए । यात्रुलाई बस भाडामा ठगिन नदिने गरी तीनओटै तहको सरकारले सहकार्य गरेर अनुगमन सशक्त बनाउने उनको भनाइ छ । बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले चाडपर्वको मुखमा आएर राजमार्ग मर्मतका लागि बजेटको अभाव छ भनेर गैरजिम्मेवार बन्न नहुने बताए । बैठकले दशैंका बेला विद्यालय र क्याम्पसका बस खाली हुने भएकाले त्यसमा सरकारले आवश्यक सहयोग गरी मुख्य शहरबाट विद्यार्थी र अभिभावकलाई गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

उद्योगी–व्यवसायी सडकमा आउने हाेइन, उत्पादनमा लाग्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायी सडक आन्दोलनमा नभइ उद्योग, व्यवसायमा लाग्नुपर्ने बताउनुभएको छ ।  आज बिहीवार काठमाण्ण्डौमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी, व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर रहको भन्दै सडक आन्दोलनमा नभइ उद्योग, व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताउनुभएको हो । उहाँले उद्योग, व्यवसायीका समस्या समाधानका लागि सरकारले विभिन्न प्रतिनिधिसहितको कार्यदलले दिएको सुझावका आधारमा काम भइरहेको बताउनुभयो ।  उ...

चर्को ब्याजदरविरुद्ध व्यवसायी सडकमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले ब्याज र किस्ता तिर्न कठिन भएको भन्दै उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । बन्द, हडताल र आन्दोलनको विरोध गर्ने उद्योगी–व्यवसायीले नै शुक्रबार कालो ब्यानर बोकेर ब्याजदर वृद्धिको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । सामान्य अवस्थामा उद्योगी–व्यवसायी सरकार र नियामक निकायको विरोध गर्न हच्किन्छन् । तर अहिले […]

अर्थमन्त्रीलाई ‘हत्यारा’ भन्दै उद्योगी व्यवसायी सडकमा उत्रिए

मोरङका उद्योगी व्यवसायीहरु अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै सडकमा उत्रिएका छन् । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटले उद्योगीलाई मर्कामा पारेको भन्दै उनीहरुले बिहीबार मोरङको बुढीगंगा गाउँपालिकास्थित विराटनगर–धरान सडकखण्डमा विरोध प्रदर्शन गरेका हुन् ।मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बजेटले जिआई वायर, वनस्पती घ्यू तेल, सेनिटेरी प्याड तथा यार्न उद्योगहरुलाई मर्का पारेको बताए । उनले उद्योगीलाई मर्का पर्ने गरी ल्याइएको बजेट सच्याउन पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्रीले कुनै वास्ता नगरेपछि आफूहरु बाध्य भएर सडकमा उत्रिनुपरेको गुनासो गरे । ‘आफ्ना देशका उद्योगीलाई होइन, छिमेकी राष्ट्रका उद्योगीलाई पोस्ने काममा सरकार लागेको छ’ अध्यक्ष रिजालले भने, ‘उद्योग क्षेत्रलाई धराशायी बनाउन सरकार नै लाग्यो ।’ त्यस्तै उद्योग संगठन मोरङका अध्यक्ष सुयषराज प्याकुरेलले पनि अर्थमन्त्रीदेखि राजनीतिक दलका नेताहरुले त्रुटि सच्याउने विषयमा आफूहरुलाई झुक्याएको गुनासो गरेका छन् । अध्यक्ष प्याकुरेलले अर्थमन्त्रीले उद्योगीलाई मर्का पर्ने काम गर्दा पनि प्रधानमन्त्री उल्टै अर्थमन्त्रीको बचाउमा व्यस्त रहेको लगाए । ‘अहिले उद्योग धराशायी बनाउने क्रममा रहेका अर्थमन्त्री, कर्मचारीमाथि तथानाम गालीगलौच गर्ने मन्त्रीलाई समेत सरकारले बर्खास्त गर्न सकेको छैन’ उनले भने, ‘प्रधानमन्त्रीबाट पार नलाग्ने देखेपछि हामी माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न गयौँ, प्रचण्डले उद्योगीको माग जायज भएको र जायज माग पूरा गराउन अर्थमन्त्रीलाई दबाब दिने बताउनु भएको थियो, तर उनले पनि हामीमाथि छल गरे ।’ उनले उद्योगीसँग खेलाची नगर्न चेतावनी पनि दिए । मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन सारडाले गत वर्ष पनि अर्थमन्त्रीले दलाली गरेर २४ वटा उद्योग बन्द गराएको भन्दै अर्थमन्त्री शर्मा उद्योग व्यवसाय क्षेत्रको हत्यारा भएको आरोप लगाए ।