नेकपा माओवादी केन्द्रले जिल्ला कमिटी खारेज गरेको छ । बहुपदीय पार्टी संरचना लागू गर्ने निर्णयसँगै जिल्ला कमिटी खारेज गरेर जिल्ला समन्वय समिति बनाउने निर्णय माओवादी केन्द्रले गरेको छ । जिल्ला समन्वय समितिमा पालिकास्तरीय कमिटीमा प्रमुखहरु रहने छन् ।
पार्टीले नेपालको संविधान र देशले अबलम्बन गरेको संघीय प्रणाली अब जिल्ला समन्वय समिति बनाउने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
काठमाडौंको बत्तीसपुतली अनुपम फुडल्याण्डमा साउन ३० गतेबाट सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको पू...