धनुषाबाट माओवादीले सिफारिस गर्यो उम्मेदवार, को–को परे ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनुषाका चार वटै निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरेको छ । मंगलबार जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कमिटी, प्रदेश कमिटी, केन्द्रीय सदस्यहरुको संयुक्त बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको हो ।धनुषा माओवादीले धनुषाको निर्वाचन क्षेत्र नम्बर १ का लागि दोस्रो पटक पनि प्रतिनिधिसभा सदस्य समेत रहेका मातृकाप्रसाद यादवको एकल नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेशसभाका लागि निर्वाचन क्षेत्र