नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली,२०७८ जारी गरेको छ । विदेशी लगानी (एफडिआई) भित्र्याउने सम्बन्धि स्वीकृति तथा लेखाङ्कन गर्ने, विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, विदेशी ऋणको स्वीकृति, विदेशी ऋण बापत विदेशी मुद्रा भित्र्याउने तथा सोको लेखाङ्कन गर्ने र विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि विदेशी मुद्राको सटही प्रदान गर्ने लगायतका विषयहरूलाई व्यवस्थित तथा सहजीकरण गर्न बैंकले सो विनियमावली ल्याएको हो । योसँगै अब विदेशी लगानी बापत आउने विदे