काठमाडौं : नेकपा (एमाले)ले केन्द्रीय तहमा तीन तहको कमिटी निर्माण गर्ने भएको छ। एमालेको पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको विधान मस्यौदा र संगठनात्मक संरचना अन्तर्गत केन्द्रमा केन्द्रीय समिति सहित तीन तहको संरचना हुनेछ।
महाधिवेशनबाट केन्द्रीय कमिटी र केन्द्रीय कमिटीबाट निर्वाचित ४५ सदस्यीय स्थायी कमिटीको व्यवस्था गरिएको छ। साथै पदाधिकारी सम्मिलित…