काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को आजको बैठकमा केन्द्रीय समितिका पदाधिकारी, स्थायी कमिटी गठन गर्नुपर्ने माग उठेको छ। आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरुले आफ्ना भनाइ राखेका हुन्। सोमबारको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रया दिँदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा केन्द्रिय समितिको पदाधिकारी, स्थायी कमिटीको गठन गर्नुपर्ने माग उठेको बताए। […]