काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) को आज साेमवारकाे बैठकमा केन्द्रीय समितिका पदाधिकारी, स्थायी कमिटी गठन गर्नुपर्ने माग उठेको छ ।
हिजाे आइतवारकाे केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि नेताहरूले आफ्ना भनाइ राखेका हुन् । आजकाे बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रया दिँदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा केन्द्रीय समितिका पदाधिकारी, स्थायी कमिटी गठन गर्नुपर्ने माग उठेको बताउनुभयो । उहाँले बैठकमा आज ४१ जना नेताहरूले भाग लिएका र पालिका चुनावसम्बन्धी स...