काठमाडाैं । नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले संसद्मा आफ्नो पार्टीले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संसद्मा टाउको हल्लाउनेमात्र नभई कमजोरी औँल्याउने भूमिका एमालेले निभाउने बताउनुभयो । सचिव भट्टराईले प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ समिति बनाउन एमालेले प्रस्ताव गरेको बताउनुभयो […]