RajdhaniDaily.com | मनसुन सुरु हुने समयको आगमनसँगै कृषिजन्य कार्य तथा उत्पादनका अन्य कार्यमा निषेधाज्ञा परिस्थितिअनुसार खुकुलो परिने निर्णय भएपछि जुडा असारे तथा साउने खेतमा - उच्च सतर्कता
यो वर्षको मनसुन नेपाल भित्रिन करिब एक साता मात्र बाँकी छ । मनसुनमा कर्णाली र कोशी प्रदेशका पहाडमा पहिरो ज्यादा जाने सम्भावना रहेकाले सतर्कता बढी अपनाउनुपर्ने भएको छ । गत वर्ष जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि जाजरकोट र रुकुम आसपासका पहाड कमजोर बनेका छन् । त्यसैले पनि यो वर्षको मनसुनमा बढी पहिरो त्यता जाने सम्भावना बढेकाले उच्च सतर्कता अपनाउन जरुरी रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले औँल्याएको छ ।
देशका पाँच जिल्लालाई छाडेर ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । देशभरमा डेंगु फैलिएपछि त्यसले सबैलाई त्रसित पारेको छ । । डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुको सहकार्यमा काठमाडौं उपत्यकाभित्र लामखुट्टे खोज र नष्ट गर नामक अभियान सञ्चालन गरिए पनि देशका सबै ठाउँमा यस्ता अभियान चलाउन नसकिएका कारण आमजनतामा थप त्रास […]
The post डेंगुबाट बच्न उच्च सतर्कता जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
पूर्वी नेपालबाट यस वर्षको मनसुनी वायु पश्चिम नेपालतर्फ अघि बढिसकेको छ । मनसुन अवधिभर यो वर्ष देशमा घनघोर वर्षा हुने बताइएको छ । नेपालमा प्रायः १३ जुनमा भित्रने मनसुन यस वर्ष एक साता अघि नै भित्रिइसकेको छ । अघिल्ला वर्षहरूको तुलनामा समय अगावै मनसुनको आगमन भएको हो । देशको पश्चिमी भूभागमा क्रमशः फैलिँदै गएपछि यसले […]
The post मनसुन आगमनसँगै उच्च सतर्कता जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं, वैशाख ८ । कोभिड–१९ को महामारी मत्थर हुँदा अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा अहिले नयाँ रोगको प्रकोप फैलिएको छ । बाँदरमा लाग्ने ‘मङ्कीपक्स भाइरस’ मानिसमा पनि सरेपछि त्यसबारे उच्च सतर्कता अपनाइएको छ । बेलायत र स्पेनमा त्यसको प्रभाव बढेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म ८० जनालाई ‘मङ्कीपक्स भाइरस’ पुष्टि भइसकेको छ भने […]
बर्डफ्लु चरामा हुने भाइरस संक्रमण हो र यो छिटो फैलिन्छ । यसको संव्रmमण देखा परेपछि उच्च सतर्कता अपनाउन जरुरी हुन्छ । एभियन इन्फ्लुएन्जा अर्थात् एच फाइभ एन वान नामक सूक्ष्म भाइरसका कारण लाग्ने प्राणघातक रोगलाई नै बर्डफ्लु वा पन्छी रुघा भनिन्छ । यो पन्छीको जीवाणुबाट संक्रमण हुने रोग हो । यो एउटा अति नै छिटो […]
कोभिड–१९ को नयाँ उत्परिवर्तित भेरियन्ट ओमिक्रोनले नेपालमा तेस्रो लहर ल्याउन सक्ने आशंका गर्न थालिएको छ । यसका लागि यो भेरियन्ट फैलिनुपूर्व नै उच्च सतर्कता अपनाउनुपर्ने सुझावसहित स्वास्थ्य निर्देशनालयले मातहतका स्वास्थ्य कार्यालयलाई निर्देशन पनि गरिसकेको छ । तेस्रो लहरको जोखिम न्यूनीकरण गर्न आमसर्वसाधारण जनताले पनि सोहीअनुसार आवश्यक सचेतता अपनाउन जरुरी छ । अहिले नेपालमा तीन जनामा […]
The post तेस्रो लहर आउनुपूर्व सतर्कता अपनाऊ appeared first on राजधानी राष्ट्रिय दैनिकको Online Portal.
मंसिर १२, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाको नयाँ भेरियन्ट अफ कन्सर्न ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण पूर्वी एशियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।
डब्लूएचओको दक्षिण- पूर्वी एशिया हेर्ने क्षेत्रीय कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ ।
डब्लूएचओकी क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहले उक्त क्षेत्रका अधिकांस देशहरुमा कोभिड- १९ संक्रमितहरुको संख्या तुलनात्मक रुपमा कम हुँदै गएपनि विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको भन्दै अझैपनि संक्रमणको जोखिम पूर्णरुपमा हटिसकेको छैन र यसलाई नियन्त्रण गर्न शतप्रतिशत प्रयास दिन जरुरी रहेको उल्लेख गरिन् ।
विज्ञप्तीमा दक्षिण- पूर्वी एशियाका सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिनुपर्ने बताइएको छ । साथै उसले सबैले अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तरराष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु उपनाउन समेत सुझाव दिएको छ ।
जति छिटो संक्रमण नियन्त्रणका उपायहरु अवलम्बन गरिन्छ त्यति नै क्षति कम गर्न मद्दत पुग्छ । कोभिड- १९ गराउने भाइरस जति धेरै फैलिन्छ त्यति नै त्यसमा उत्परिवर्तन देखिन्छ र नियन्त्रण गर्न कठिन हुने विज्ञप्तिमा उल्लेख छ ।
उनले अहिले पनि भाइरस नियन्त्रणको सबैभन्दा सजिलो उपाय भनेको मास्कको उचित प्रयोग, सामाजिक दूरी, भीडभाडबाट टाढा रहने, स्यानिटाइजेसन र खोपको प्रयोग नै रहेको बताएकी छन् ।डब्लूएचओले यस क्षेत्रका ३१ प्रतिशतले पूर्ण, २१ प्रतिशतले एक डोज तथा ४८ प्रतिशतले खोप लगाउन बाँकी रहेका पनि बताएको छ ।
अचेल सहरबजारमा विभिन्न खाले नाराजुलुस, भीडभाडजस्ता गतिविधिहरू भइरहेको देखिन्छ । त्यस्ता भीडभाड तथा नाराजुलुसले कोरोना संक्रमणको फैलावटलाई जोड दिने भएकाले कसैले पनि कुनै प्रकारको भीडभाड तथा नाराजुलुस गर्नु हुँदैन । नेपालमा पछिल्लो समयमा बढ्दै गरेको कोरोना महामारीको संक्रमण नियन्त्रणका लागि केन्द्रदेखि स्थानीय स्तरसम्म सबैले ध्यान दिनु जरुरी छ । यसका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह […]