काठमाडौं : रामेछापका कृष्णराज तिम्सिनाले वि.स २०७२ मा ७ वटा मेसिनबाट थ्रेड गार्मेन्ट उद्योग सुरू गरेका थिए।तर, ६ वर्षको अवधिमा उनले आफ्नो उद्योगलाई साढे चार सय मेसिनमा परिणत गरेका छन्। उनको उद्योगबाट अहिले दैनिक पाँच हजार पिस कपडा उत्पादन भइरहेको छ। उनले कपडा मात्र उत्पादन गरिरहेका छैनन् पाँच सय कर्मचारीलाई रोजगारी पनि दिएका छन्। जसमा पनि दुई सय महिला कर्मचारी कार्यरत रहेका छन्। 'महिला शसक्तीकरण र आत्मनिर्भर बन्न प्रेरित गर्न पनि महिलालाई पहिलो प्राथमिकतामा राखेको हुँ',