निगमको डिपो परिसरमा इन्धन बोकेका २ वटा ट्यांकरमा आगलागी

रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ । शुक्रबार डिपोमा तेल खन्याउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खन्याउने क्रममा आगलागी भएको हो ।  रुपन्देहीका  प्रहरी प्रमुख  रविन्द्र रेग्मीले  आगलागी  नियन्त्रणमा आएको रातोपाटीलाई बताए । उनले एउटा ट्यांकरमा धेरै क्षति भएको र अर्कोमा सामान्य क्षति भएको खुलाए । 

सम्बन्धित सामग्री

घरघरमा अण्डा पुर्‍याउन ठाउँठाउँमा डिपो

चितवन, २४ माघ । पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगले उपभोक्ताको घरघरमा अण्डा पुर्‍याउन विभिन्न ठाउँमा डिपो सञ्चालनमा ल्याएको छ । आफ्नो उत्पादन र कृषकको फार्मबाट अण्डा सङ्कलन गरेर देशका विभिन्न सहरमा डिपोमार्फत अण्डा बिक्री गर्दै आएको हो । उद्योगले आजदेखि दोलखाको चरिकोटमा डिपो सञ्चालनमा ल्याएको छ । यो १५ औँ डिपो हो । […]

जुम्लामा हवाई इन्धन डिपो स्थापना गरिने

सुर्खेत : कर्णाली प्रदेशकै व्यस्त जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने भएको छ। चालु आर्थिक वर्षको नीति तथा कायर्यक्रममा उल्लेख भएअनुसार जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने भएको हो।जुम्ला विमानस्थलमा हवाई इन्धनको डिपो स्थापना गर्ने बहस धेरै पहिलदेखि चलेको थियो।तर, अहिलेसम्म परिणाममुखी काम हुन सकेको छैन। जुम्ला विमानस्थल विस्तार, हवाई इन्धन डिपो स्थापनाका लागि जुम्लाका प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु लामा तामाङ लामो समयदेखि पहल गर्दै आएकी थिइन्। आयल नियमले असोज २२ मा जुम्ला

हवाई इन्धन डिपो स्थापना गरिने

जुम्ला– कर्णाली प्रदेशकै व्यस्त जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कायर्यक्रममा उल्लेख भएअनुसार जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने भएको हो । जुम्ला विमानस्थलमा हवाई इन्धनको डिपो स्थापना गर्ने बहस धेरै पहिलदेखि चलेको थियो । तर, अहिलेसम्म परिणाममुखी काम हुन सकेको छैन । जुम्ला विमानस्थल […]

आयल निगमका डिपो दसैँ बिदामा पनि खुला रहने

नेपाल आयल निगमका डिपो दसैँ बिदामा पनि खुला रहने भएका छन् । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ ।  ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला रहने गरी कार्यतालिका प्रकाशित गरिएको छ ।इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न पनि निगमले आग्रह गरेको छ ।

आयल निगमका डिपो दसैँ बिदामा पनि खुला रहने

काठमाडौँ । नेपाल आयल निगमका डिपो दसैँ बिदामा पनि खुला रहने भएका छन् । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला रहने गरी कार्यतालिका प्रकाशित गरिएको छ । इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न पनि निगमले आग्रह गरेको छ

डिपो र बिक्री केन्द्रद्वारा दसैँमा खाद्यान्न बिक्री भएन

सिमकोट – जिल्लाका आठ वटा डिपो र बिक्री केन्द्रमा दसैँका लागि खाद्यान्न बिक्री गर्न नसकेको पाइएको छ। चालुु वर्षका लागि डिपो र बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यान्न पैदल मार्गबाट ढुवानी हुन नपाएपछि बिक्री नभएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब सुुब्बा नवीन आचार्यका अनुुसार शाखाबाहेक अन्य गाउँपालिकामा स्थापना भएका आठ वटा डिपो […]

डिपो कार्यालयबाटै नुन गायब

सुर्खेत : सरकारले मुगुको लागि प्रदान गरेको नुन बिक्री वितरण नहुँदै डिपो कार्यालयबाटै गायब भएको छ। मुगुको लागि पठाइएकाे ३२० बोरा ९१५९ क्विन्टल अनुदानको नुन वितरण नहुँदै सदरमुकाम गमगढी बजारमा रहेको डिपो कार्यालयबाटै गायब भएको हो।ढुवानीको जिम्मेवारी पाएको रारा छायाँनाथ एयर कार्गो एण्ड ढुवानी सेवाले ल्याएको २ हजार ७०० क्विन्टलमध्ये १५९ क्विन्टल ९३२० बोरा नुन गमगढी स्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय मुगुबाट हराएको ठेकेदारको दाबी छ।आर्थिक बर्ष २०७८/०७९ को लागि पहिलो पटक १५ स

दसैँमा पेट्रोल पम्प र डिपो खुलै रहने

नेपाल आयल निगमले दसैँको समयमा पेट्रोल पम्प र निगमका डिपो खुलै रहने जनाएको छ । निगमका प्रवक्ता विनितममणि उपाध्यायले दसैँको विदाको समयमा पनि पम्प र डिपो खुलै रहने बताएका हुन् । उनले भने, ‘दसैं, तिहार, नेपाल सम्वत र छठको समयमा दशैभरका पेट्रोलियम पदार्थको पम्प र डिपो आवश्यक्ताका आधारमा खुलै रहने छन् ।’ आवश्यकताअनुसार पम्प खुला रहने भएकाले अनावश्यकरूपमा पेट्रोलियम पदार्थको मौज्दात राख्नु नपर्ने उनको भनाइ छ ।यसैगरी, चाडपर्वको समयमा पेट्रोलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा समस्या देखिएमा

आयल निगमको देशभरका डिपो प्रमुख हेरफेर, थानकोट डिपोमा भुसाल

नेपाल आयल निगम लिमिटेडले देशभरका अधिकांश डिपो प्रमुख हेरफेर गरेको छ। डिपो प्रमुखहरुकै काँधमा मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ती गर्ने जिम्मेवारी हुने भएकाले प्रत्येक वर्ष हुने डिपो प्रमुख हेरफेरलाई महत्वपूर्ण...

चन्द्रगढी विमानस्थलमा इन्धन डिपो स्थापना हुने

हवाई सेवालाई सहज बनाउनका लागि अब चन्द्रगढी विमानस्थलमा इन्धन डिपो स्थापना हुने भएको छ ।     डिपो स्थापनाका लागि नेपाल आयल निगम झापा र नागरिक उड्डयन कार्यालय चन्द्रगढीबीच सम्झौता भएको छ । यसअघि विमानस्थलकै एक कोठा भाडामा लिएर निगमले अस्थायीरुपमा हवाई इन्धनको सेवा प्रदान गर्दै आएकामा अब डिपोबाट स्थायी सेवा प्रदान गर्ने भएको हो ।     नेपाल आयल निगम कार्यालय चारआलीका प्रमुख मनिष न्यौपानेले डिपो निर्माणका लागि विमानस्थलले छ कट्ठा जग्गा उपलब्ध गराउने सम्झौता भएको बताए ।