‘प्रहरी हौं’ भनेर डल्लुबाट ३० लाख लुटपाट

काठमाडौंको ठमेलमा ओरियन्टल मनी एक्सचेन्ज चलाउने प्रकाश श्रेष्ठ भदौ २२ मा लुटिए । मनि एक्सचेन्ज बन्द गरेर साँझ डेरामा जाँदै गर्दा म्हैपी पुगेपछि उनलाई ५ जना अपरिचितले रोकेर भने–‘हामी प्रहरी हौं, झोला के छ ?’श्रेष्ठलाई उनीहरुले जबर्जस्ती मोटरसाइकलमा राखेर सोह्रखुट्टे र खुसिबु हुँदै डल्लु लगे । डल्लुमा लगेर हातपात गरेपछि उनको साथमा रहेको झोला लुटेर उनीहरु फरार भए । झोलामा ३० लाख २३ हजार नगद भएको श्रेष्ठले प्रहरीलाई बताएका छन् ।पीडितको आइफोन समेत लुटेर भाग्ने मध्येका ३ जनालाई पक्रा

सम्बन्धित सामग्री

प्रहरी हौं भन्दै लुटपाट गर्ने तीन पक्राउ

प्रहरी हौं भन्दै नगद लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ३० लाख २३ हजार २०८ रुपियाँ लुटपाट गरेको अभियोगमा तीन जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

डाँका अभियोगमा छुटेलगत्तै ३० लाख डकैत

भोजपुरको रामप्रसान गाउँपालिका– १ का २९ वर्षीय योगेन्द्र तामाङ ३० लाख रुपैयाँ लुटपाट घटनामा पक्राउ परेका छन् । जेलबाट छुटेको पाँच महिनापछि उनी पुनः पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध...

प्रहरी हौं भन्दै ३० लाख लुटपाट, तीन पक्राउ

काठमाडौँ। ‘प्रहरी हौं’ भन्दै ३० लाख रुपियाँ लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, कपन बस्ने ३० वर्षीय देव लामा र २० वर्षीय मिनबहादुर तितुङ छन्। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार कपनबाट पक्राउ गरेको हो । काठमाडौंको ठमेलस्थित ओरियन्टल मनी एक्सचेन्जका […]

प्रहरी हाैं भन्दै ठमेलबाट ३० लाख लुटपाट, ३ जना पक्राउ

३० भदौ, काठमाडौं । ‘प्रहरी हौ’ भन्दै ठमेलबाट ३० लाख रुपयाँ लुटपाट गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जना युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ घर भई हाल भक्तपुरको लोकन्थली बस्‍ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुलीको मरिन गाउँपालिका-३ घर भई हाल काठमाडौंको कपन बस्‍ने ३० वर्षीय देव लामा […]

ठमेलमा आफूलाई प्रहरी भन्दै पछ्याएर ३० लाख रुपैयाँ लुटपाट

काठमाडौं । ठमेलमा एक गिरोहले आफूलाई प्रहरी बताउँदै ३० लाख रुपैयाँभन्दा बढी लुटपाट गरेको छ । प्रहरीका अनुसार भदौ २२ गते साँझ सवा ७ बजे दुईवटा मोटरसाइकलमा पछ्याएका व्यक्तिले एकान्त ठाउँ पारेर आफूलाई प्रहरी बताउँदै लुटपाट गरेका थिए । घटनामा संलग्न भएको आरोपमा काठमाडौं उपत्यका अनुसन्धान प्रहरी कार्यालयको टोलीले भोजपुर स्थायी घर भई भक्तपुरको लोकन्थली […]

बागलुङ बजार सीसी क्यामेराविहिन

बागलुङ (अस) । बागलुङको मुख्य व्यापारिक केन्द्र बागलुङ बजार सीसीटीभी क्यामेराविहीन भएको छ । सात वर्षअघि बजारका विभिन्न क्षेत्रमा जडान गरिएका सीसी क्यामेरा बिग्रिएर निकालेपछि बजार क्षेत्रमा पुनः जडान भएका छैनन् । २०७१ फागुनमा उद्योग वाणिज्य संघ, बागलुङ नगरपालिका र जिल्ला प्रहरी कार्यालयका सहकार्यमा राखिएका २९ ओटा क्यामेरा झिकेर उद्योग वाणिज्य संघको कार्यालयका राखिएको छ । बजार क्षेत्रमा क्यामेरा नहुँदा चोरी, लुटपाट लगायत आपराधिक क्रियाकलाप बढ्ने व्यवसायी बताउँछन् । ‘दिनदहाडै पसल बाहिरको कपडा निकालेर हिँड्छन्, चोर पत्ता लगाउन कठिन हुन्छ,’ बागलुङ नगरपालिका हल्लनचोकका फेन्सी पसल सञ्चालक जीवनाथ गौतमले भने, ‘अपराध नियन्त्रणका लागि सीसी क्यामेरा आवश्यक छ ।’ मर्मत गर्नुपर्ने÷नयाँ राख्नुपर्ने भएकाले पुराना सीसीटीभी क्यामेरा निकालिएको बागलुङ नगरपालिका–२ का वडासदस्य अर्जुन घिमिरेले बताए । बागलुङ नगरपालिका, उद्योग वाणिज्य संघ र प्रहरीको सहकार्यमा जति सक्दो छिटो २० ओटा नयाँ क्यामेरा जडानका लागि प्रक्रिया शुरू भएको उनले जानकारी दिए । यसका लागि ३० लाख रुपैयाँ लागतको योजना तयार भएको उनले बताए । सीसीटीभी क्यामेरा जडान तथा सञ्चालनका लागि जिल्लास्थित सरोकारवाला निकायसँग सहकार्य भइरहेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । उद्योग वाणिज्य संघले बागलुङ महोत्सव आयोजनाबाट बचेको पैसाले सीसी क्यामेरा जडान गरेको थियो । बिग्रिएका क्यामेराको मर्मत गर्न नगरपालिकालाई पटक पटक आग्रह गर्दा समेत अटेर गरेपछि बजार क्षेत्र सीसी क्यामेराविहीन भएको संघका निवर्तमान अध्यक्ष जयराम भारीको भनाइ छ ।