गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त

काठमाडौं। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन्। सरकारले गण्डकी प्रदेशमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको छ।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा

दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरेका हुन्।

शक्ति राष्ट्रहरूको दबाब अस्वीकार गर्ने आँट गठबन्धनसँग छ : अमिक शेरचन

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शक्ति राष्ट्रहरु अहिलेको गठबन्धन भत्काउनेतर्फ लागेको बताएका छन् । चितवनको भरतपुरस्थित आफ्नै निवासमा नेकपा (माओवादी केन्द्र) भरतपुर २६ दिव्यनगरले गरेको सम्मान कार्यक्रममा शेरचनले शक्ति...

लुम्बिनी प्रदेश सरकारको टिप्पणी : नयाँ सरकार गठनको माग अनुपयुक्त

विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनसामु नयाँ सरकार गठनको आह्वान गर्न माग गरेपछि प्रदेश सरकारले नयाँ सरकार गठनको माग गर्नु अनुपयुक्त रहेको टिप्पणी गरेको छ

राष्ट्रपति भण्डारीद्वारा गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्।

क्याबिनेटका पाँच निर्णय : प्रदेश प्रमुख हेरफेर, योजना आयोगमा नयाँ नियुक्ति

नेपाल सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न पाँचवटा निर्णयहरु गरेको छ । पहिलो निर्णयमा गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको छ । बैठकले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्ने निर्णय गरेको हो । संविधानको धारण ६६ को उपधारा (२) बमोजिम उनीहरुलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।दोस्रो निर्णयमा नेपालको संविधानको

लुम्बिनी प्रदेश प्रमुखले जारी गरे दुई अध्यादेश

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले दुई अध्यादेश जारी गरेका छन्।

लुम्बिनीमा प्रदेश प्रमुखले दिउँसै रात पार्ने काम गरे : खाण

प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरविपरीत अर्को व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गरेर दिउँसै रात पार्ने काम गरेको बताएका छन् । उनले प्रदेश...