लुम्बिनीमा प्रदेश प्रमुखले दिउँसै रात पार्ने काम गरे : खाण

प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरविपरीत अर्को व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गरेर दिउँसै रात पार्ने काम गरेको बताएका छन् । उनले प्रदेश...

सम्बन्धित सामग्री

लुम्बिनीमा प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस

२६ भदौ, दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि वर्षे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए । मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरेको छ […]

लुम्बिनीमा प्रदेश सरकारले साउनमा पूर्णता पाउने : मुख्यमन्त्री चौधरी

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउनमा प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् ।  आज नेपालगञ्जमा नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक सहमतिमा मन्त्रीमण्डलले आकार लिने जानकारी दिए ।   ‘यतिबेला हामी जनतालाई के दिने भनेर लागिरहेका छौं, त्यसपछि मन्त्रिमण्डल विस्तारमा लाग्छौं,’ मुख्यमन्त्री चौधरीले भने । उनले प्रदेश सरकारले रोजगारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै दुई लाखलाई रोजगारी दिने र त्यसका लागि रु एक अर्ब छुट्याएको र सङ्घबाट पनि सो अपेक्षा राखेको बताए ।  मुख्यमन्त्री चौधरीले बाँके र बर्दियाको विकासमा खास जोड दिइएको उल्लेख गर्दै बाँकेमा स्थापना भएको लुम्बिनी विश्वविद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा टेवा पुग्ने बताए ।  उनले प्रदेश सरकारले स्थानीय उत्पादनलाई बढवा दिएको र विभिन्न जिल्लाको विशेषताअनुसार ‘हब’का रूपमा विकासमा जोड दिइएको उल्लेख गरे ।  मुख्यमन्त्री चौधरीले थारू सङ्ग्रहालयका लागि बर्दिया जिल्लालाई छनोट गरेको उल्लेख गर्दै बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नका लागि स्काई ब्रिज बनाउन लागेको बताए । उनले थारू भिलेज होम दाङ र बाँकेमा स्थापना गर्न लागेको जानकारी दिँदै दुई जिल्लालाई थारू ‘हब’का रूपमा विकास गर्ने उल्लेख गरे ।  यसअघि मुख्यमन्त्री चौधरीले कोहलपुरस्थित नयाँ बसपार्कको उदघाटन गरेका थिए । रासस

लुम्बिनीमा प्रदेश सांसदहरूको शपथ आज

बुटवल : लुम्बिनी प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। दाङको राप्ती उपत्यका (देउखुरी)स्थित प्रदेशसभा भवनमा दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ। लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ सांसद छन्। प्रदेशसभामा १० दल र ३ स्वतन्त्र सांसदको सहभागिता रहेको…

लुम्बिनी प्रदेश सभामा एमाले पहिलो दल, अरु दलबाट कति चुनिए ?

११ मंसिर, बुटवल । लुम्बिनीमा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम नतिजा आइसक्दा नेकपा एमाले ठूलो दल बनेको छ । प्रत्यक्षतर्फका ५२ क्षेत्रमध्ये एमालेले १८ सिट जितेर पहिलो दल बन्दा नेपाली कांग्रेस १७ सिट जित्दै दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्रले जम्मा पाँच सिट जितेर तेस्रो बनेको छ । यस्तै, जनता समाजवादी पार्टी, लोकतान्त्रिक […]

लुम्बिनीमा प्रदेश प्रहरीको नेतृत्व एआईजीले गर्ने

२३ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रहरीको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले गर्ने गरी प्रदेश प्रहरी ऐन ल्याएको छ । १५ असारमा प्रदेशसभाबाट पारित उक्त ऐनले प्रहरी नायव महानिरीक्षक (डीआईजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा प्रदेश मन्त्रिपरिषदको सिफारिसमा गर्ने व्यवस्था गरेको छ । त्यस्तै प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायव उपरीक्षक (डीएसपी) […]

लुम्बिनीमा आज नयाँ मुख्यमन्त्री

नयाँ सरकार गठनको आह्वान  लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा...

लुम्बिनीमा प्रदेश प्रमुखबाट आह्वान गरिएको विशेष अधिवेशनप्रति एमालेको आपत्ति

लुम्बिनी प्रदेशमा सत्तारूढ दल नेकपा एमालेले प्रदेश प्रमुखबाट आह्वान गरिएको विशेष अधिवेशनप्रति आपत्ति जनाएको छ।

सम्पर्क बिहीन भएको भनिएकी सांसद विमला वली एमालेमै फकिइन्

सांसद विमला खत्री वलीले एमालेमै रहेको बताएकी छन् । लुम्बिनीमा प्रदेश सरकार फेरबदलको समाचार आइरहेका बेला वलीले आफू एमालेमै रहेको बताएकी हुन् ।