नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री अदालतको आदेश लिएर प्राधिकरणमा हाजिर हुँदैछन् ।
आइतवार सर्वोच्च अदालतले महानिर्देशक पदबाट नहटाउन अन्तरिम आदेश दिएपछि क्षेत्री आज (सोमवार) बिहान ११ बजे प्राधिकरणमा हाजिर हुने भएका हुन् ।
प्राधिकरणले क्षेत्रीलाई ५८ वर्षे उमेर हदका कारण २५ पुसदेखि अनिवार्य अवकाशमा पठाएको थियो । महानिर्देशक क्षेत्रीले आफ्नो महानिर्देशकको कार्यकाल ४ वर्ष भएकोले पूरै कार्यकाल काम गर्न पाउनुपर्ने माग गर्दै २३ पुसमै सर्वोच्च अदालत गएका थिए । अदालतले उनलाई पदबाट नहटाउ...