पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अदालतको आदेश कुल्चिने तथा नीति, नियम र प्रचलित मान्यताविपरीत निर्णय गर्ने सिलसिला नै चलेको छ ।
सोही कारण पर्यटन मन्त्री प्रेमबहादुर आले स्वयं अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्चको कठघरामा उभिनुपर्ने अवस्था सिर्जना भएको छ ।
नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मीले अदालतको आदेशविपरीत आफूलाई हटाउन खोजेको भन्दै मन्त्री आलेसहित ९ जनाविरुद्ध अपहेलना मुद्दा दर्ता गराएका छन् ।
रेग्मीले २५ माघमा सर्वोच्चमा दर्ता गराएको उक्त मुद्दामा मन्त्री आले, पर्यटन सचिव मह...