धनुषामा प्रहरी र व्यवसायीबिच झडप, स्थिति नियन्त्रण गर्न अश्रुग्याँस प्रहार

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा प्रहरी र स्थानीय व्यवसायीबिच झडप भएको छ । तिनकौरीया चोकको पास पसलमा आगलागी भएको विषयबाट सुरु भएको विवादमा प्रहरी र स्थानीय व्यवसायीबिच झडप भएको हो । आगलागी भएपछि स्थानीय व्यवसायीले नगरपालिकाले सीसी क्यामरा ठिक अवस्थामा नराखेको भन्दै विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा तनावको स्थिति सिर्जना भएको छ । […]

सम्बन्धित सामग्री

राप्रपाले निषेधित क्षेत्र तोड्न खोज्दा झडप - NepaliPatra

काठमाडौँ । राप्रपाको प्रदर्शनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । काठमाडौँको भद्रकालीबाट प्रदर्शनकारी सिंहदरबारतर्फ अघि बढ्न खोज्दा झडप भएको हो । प्रदर्शनकारी निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रण गर्न बल प्रयोग गरेको जनाएको छ । त्यसक्रममा प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको छ ।

सर्लाहीमा दुई पक्षबीच कौडी उठाउने विषयमा विवाद हुँदा झडप

जनकपुरधाम– सर्लाही बजारमा कौडी उठाउने विषयलाई दुई पक्षबीच विवाद हुँदा झडप भएको छ। शनिवार दिउँसो नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा केहीजना घाइते भएका छन्। हरिवन नगरपालिका–११, स्थित पाडा बजारमा भएको झडप नियन्त्रण गर्न प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए। […]

भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु, अक्रोशित स्थानीयले सडक अवरुद्ध गरे

चितवन । चितवनमा बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको घटना पछि स्थानीयले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले स्थानीयले सडकमा अवरोध गरेर प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रण लिन अश्रु ग्याँस प्रहार गरिएको...

कैलालीको लम्कीमा गोली चल्यो, दुई जना घाइते

काठमाडौं । कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । मंगलबार बिहान बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले गरेको प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको हो । स्थानीयले शव सडकमा राखेर गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको हो । गोली लागेर २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सञ्जेल घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्ज पठाइएको प्रहरीदे जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की चोकमा ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा स्थानीय पैदल यात्री २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो । मृतकका आफन्त र स्थानीयले अस्पतालबाट शव निकालेर सडकमा लगेका थिए । सुरुमा चोकमा प्रदर्शन गरेका स्थानीय पछि इलाका प्रहरी कार्यालयमै प्रवेश गरेको र प्रहरीलाई नै तानेर घिसार्न थालेपछि स्थिति तनाबग्रस्त बनेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार चोकमा प्रदर्शन भइरहेको अवस्थामै प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । तर, उनीहरु प्रहरी कार्यालय नै घेराउ गर्न अगाडि बढेपछि प्रहरीले सुरुमा हवाई फायर गरेको र त्यसपछि पनि स्थिति नियन्त्रणमा नआएपछि गोली नै चलाउनु परेको थियो । स्थानीयको ढुंगामुढाबाट केही प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ । अहिले पनि त्यहाँ प्रदर्शन भइरहेको छ भने प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रण लिएको छ ।