डोल्पामा जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने

जाजरकोट – डोल्पामा यार्सागुम्बा सङ्कलनका लागि आगामी जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने भएको छ। जिल्ला समन्वय समितिको आज सदरमुकाम दुनैमा बसेको बैठकले से–फोक्सुण्डो राष्ट्यि निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन जेठ १ गते र असार १ गतेसम्म खुला गर्ने निर्णय गरेको हो। बैठकमा डोल्पा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकाय, […]

सम्बन्धित सामग्री

यार्सा बाघको मुखबाट खोसेसरह

जुम्लाका पातारासी गाउँपालिका स्थानीयको आम्दानीको मुख्य स्रोत यार्सा हो । यहाँका स्थानीय हरेक वर्ष मुगु र डोल्पा पाटनमा यार्सा टिप्न जान्छन् । वर्षमा एक बाली मात्रै उत्पादन हुने पातारासी अर्थात् चौधबिस क्षेत्रका...

यार्सा घट्यो, मूल्य बढ्यो : प्रतिकिलाे २१ लाखमा काराेवार

रुकुम (पूर्व) : यस वर्ष यार्सागुम्बाकाे मूल्य बढेको छ। बुकी, पाटनतिर यार्सा कम संकलन भएपछि मूल्य बढेको हो। पुथाउत्तरगंगा गाउँपालिकाको १ र २ नम्बर वडाका पाटनमा यार्सा खोज्न गएकाहरूले विगत वर्षभन्दा राम्रो मूल्य पाएको बताएका छन्।यस वर्ष यार्सा संकलनका लागि प्रवेश शुल्क निःशुल्क समेत गरिएको छ। संकलकले यार्सा टिपेकै ठाउँमा राम्रो मूल्य पाएर यार्सा बिक्री गरेका छन्।वैशाख महिनाको आधाबाट सुरु भएको यार्सा संकलन कार्य हाल पनि जारी छ। यार्सा संकलनका लागि पाटन पुगेका अधिकांश झरिसके भने केही अझै यार्सा

यार्सा सङ्कलन गर्न भीड

काठमाडौँ,१८ जेठ । यार्सा सङ्कलनका लागि जुम्लाको पाटन क्षेत्रमा भीडभाड हुन थालेको छ । जिल्लामा आर्थिक स्रोतको रुपमा यार्सागुम्बा सङ्कलनलाई लिइने गरिन्छ । यार्सा सङ्कलनका लागि पाटनतिर लागेका कारण जिल्लाका अधिकांश ग्रामीण बस्ती सुनसान बनेको जनाइएको छ । गाउँघरबाट पाटन जानेको लर्को लागेको गुठीचौर गाउँपालिकाका स्थानीय व्यापारी दीपक बोहोराले जानकारी दिए । यार्सागुम्बा सङ्लनको लागि […]

यार्सा सङ्कलन गर्न भीड

खलङ्गा । यार्सा सङ्कलनका लागि जुम्लाको पाटन क्षेत्रमा भिडभाड हुन थालेको छ । जिल्लामा आर्थिक स्रोतको रुपमा यार्सागुम्बा सङ्कलनलाई लिइने गरिन्छ । यार्सा सङ्कलनका लागि पाटनतिर लागेका कारण जिल्लाका अधिकांश ग्रामीण बस्ती सुनसान बनेको जनाइएको छ । गाउँघरबाट पाटन जानेको लर्को लागेको गुठीचौर गाउँपालिकाका स्थानीय व्यापारी दीपक बोहोराले जानकारी दिए । यार्सागुम्बा सङ्लनको लागि तातोपानी, […]

तिब्बतीहरु यसरी खट्छन् यार्सा संकलनमा

चीनको स्वशासित क्षेत्र तिब्बतमा पनि यार्सा संकलन शुरु भएको छ। समुद्री सतहबाट ४ हजार ७०० मिटर माथि बिरु काउन्टीमा यार्सा टिप्न यतिबेला यहाँका गोठालाहरुलाई भ्याईनभ्याई छ। चिनियाँ पद्धतिअनुसार यो परम्परागत औषधि हो। यसको सेवनले शारीरमा प्रतिरोधात्मक क्षमता वृद्धि हुने यहाँका मानिसहरु बताउँछन्। करिब ४५ दिन यहाँ अड्ड जमाएरै मानिसहरु यार्सा…

हिमपातले मनाङमा यार्सा संकलन प्रभावित

हिमपातले मनाङमा यार्सा संकलन प्रभावित भएको छ । यार्सा संकलन सिजन सुरु भएसँगै लेक गएका यार्सा संकलकहरू हिमपातका कारण ओडारमा बसेका छन् । केही दिनअघिदेखि वर्षासँगै परेको हिमपातले यार्सा संकलनमा समस्या भएको मनाङ नासोंका विष्णु घलेले बताए ।  यार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत २३ चैतमा बसेको बैठकले स्वीकृति दिएपछि मनाङसँगै गोरखा, लमजुङका स्थानीय पनि यार्सागुम्बा संकलन गर्न मनाङको लेकमा पुगेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक

रुकुम पूर्वमा यार्सा संकलनमा रोक

जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले यस वर्ष यार्सा संकलनमा रोक लगाउन निर्देशन दिएको छ । कोरोना संक्रमण फैलिरहेकाले यस बेलामा यार्सा संकलन खुला गर्दा संक्रमणको जोखिम झन् उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो ।  रुकुम पूर्वसहित यार्सा पाइने छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जूम मिटिङबाट यस वर्ष पनि यार्सा संकलनमा रोक लगाउने सहमति भएको यस जिल्लाका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए । कोरोना महामारी फैलिरहेको यो अवस्थामा एउटा जिल्लाले मात्र रोक लगाएर नहुँने...

यार्सा संकलन क्षेत्रमा फोहरै फोहर

बझाङको यार्सा संकलन हिमाली क्षेत्रमा वर्षेनी फोहर थुप्रँदै गएको छ । यार्सा तथा जडिबुटी संकलक र अस्थायी होटलबाट निस्कने कुहिने तथा नकुहिने फोहर व्यवस्थापन नगरी हिमाली क्षेत्रमै विसर्जन गर्दा फोहर थुपिँ्रदै गएको हो ।यार्सा संकलनकर्ताहरूले हिमाली वनमा फालेका पुराना लत्ताकपडा, जुत्ता, प्लास्टिकजन्य वस्तु, सिसाका बोतललगायतका कुहिने तथा नकुहिने फोहर व्यवस्थापन नहुँदा जिल्लाको बुंगल नगरपालिका, सुर्मा […]

यार्सा टिप्न गएका एकको मृत्यु

जीवनबुटी मानिने बहुमूल्य जडिबुटी यार्सा गुम्बा टिप्न डोल्पा पाटन गएका जुम्ली एक युवाको मृत्यु भएको छ । जुम्ला गोठीचौर गाउँपालिका–७ ग्रज्याङ्कोट निवासी १७ वर्षीय युवा सुमन रावलको डोल्पाको एक पाटनमा लेक लागेर मृत्यु भएको हो ।जुम्ला–डोल्पा सिमानामा पर्ने जगदुल्ला गाउँपालिका अन्तर्गत पर्ने यार्सा पाटनमा यार्सा सिजन खुल्नु अगावै संकलन लागि गएका रावलको लेक लागेर बिरामी […]

कोरोना जोखिमका बीच यार्सा संकलक लेकतिर

कोरोना महामारीका बीच बझाङमा यार्सा संकलकहरू लेकतिर जाने थालेका छन् । यार्सा संकलनको सिजन सुरु भएसँगै संकलकहरू लेकतिर जान थालेका हुन् ।वैशाखदेखि असारसम्म यार्सा संकलनका लागि र भदौदेखि मंसिरसम्म यहाँका जंगलमा अन्य जडीबुटी खोज्न मानिसहरू लेकतिर जाने गर्छन् । केही वर्षयता यार्सा तथा अन्य जडीबुटी संकलन गर्न लेकतिर जानेको संख्या बढ्दै गएको छ ।यो समयमा […]