जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले यस वर्ष यार्सा संकलनमा रोक लगाउन निर्देशन दिएको छ ।
कोरोना संक्रमण फैलिरहेकाले यस बेलामा यार्सा संकलन खुला गर्दा संक्रमणको जोखिम झन् उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो ।
रुकुम पूर्वसहित यार्सा पाइने छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जूम मिटिङबाट यस वर्ष पनि यार्सा संकलनमा रोक लगाउने सहमति भएको यस जिल्लाका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।
कोरोना महामारी फैलिरहेको यो अवस्थामा एउटा जिल्लाले मात्र रोक लगाएर नहुँने...