हिमपातले मनाङमा यार्सा संकलन प्रभावित भएको छ । यार्सा संकलन सिजन सुरु भएसँगै लेक गएका यार्सा संकलकहरू हिमपातका कारण ओडारमा बसेका छन् । केही दिनअघिदेखि वर्षासँगै परेको हिमपातले यार्सा संकलनमा समस्या भएको मनाङ नासोंका विष्णु घलेले बताए । यार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत २३ चैतमा बसेको बैठकले स्वीकृति दिएपछि मनाङसँगै गोरखा, लमजुङका स्थानीय पनि यार्सागुम्बा संकलन गर्न मनाङको लेकमा पुगेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक