कर्णालीमा शनिबार १२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८८ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा २६ जनामा र ३३ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । शनिबार जुम्लामा सबैभन्दा धेरै कालिकोटमा १४, जुम्लामा १०, मुगुमा ५, दैलेखमा ४,जाजरकोटमा ३ र अन्य ३ जनामा कोरोना देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा अन्य जिल्लाको तुलना