माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना पुष्टि भएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोना परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्ती १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै म संग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु ।’