काठमाडौं। अहिलेसम्म १४ जना सांसदमा कोरोना पुष्टि भएको छ। संसद सचिवालयले संकलन गरेको ६१३ जनाको स्वाब परीक्षण गर्दा ६५ जनामा कोरोना पुष्टि भएको छ। जसमा १४ सांसद र अन्य कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मी रहेका छन्। २७ गते बस्ने संसदको विशेष अधिवेशनको लागि १२३४ जनाको स्वाव संकलन गरिएको छ।