सरकारले स्वदेशमै डण्डीको कच्चा पदार्थ (बिलेट) उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै भन्सार राजस्व र अन्तःशुल्कको दर हेरफेर गरेपछि आयातमा त्यसको प्रभाव देखिएको छ ।
वीरगञ्ज सुक्खा बन्दरगाह हुँदै भित्रिने बिलेटको आयात घटेको छ । बिलेट उत्पादनमा प्रयोग हुने स्पन्ज आइरनको आयात परिमाण उल्लेख्य बढेको सुक्खा बन्दरगाह भन्सारका सूचना अधिकृत सन्तोषकुमार न्यौपानेले बताए ।
सुक्खा बन्दरगाह फलाम उद्योगको कच्चा पदार्थ भित्रिने मुख्य नाका हो । यस्ता वस्तु सुक्खा बन्दरगाहबाट भित्रिने मुख्य वस्तुको अग्रस्थानमा पर्दछन् ।
भन्सारका कार्यालयका अनुसार चालू आर्थि...