राष्ट्रपति निर्वाचनअघि नै पार्टी एकता नभए मोर्चा निर्माण गर्ने विषयमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच आइतबार छुट्टाछुट्टै वार्ता भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच छलफलपछि वार्ता टोली सक्रिय भएको हो ।