नेप्सेको निर्देशनपछि हिमाल दोलखा हाइड्रोले सच्यायो साधारणसभाको बुक क्लोज मिति

हिमाल दोलखा हाइड्रोले साधारणसभा प्रयोजनको लागि तोकिएको बुक क्लोज मिति सच्याएको छ । कम्पनीको साउन १७ गते बसेको संचालक समितिको बैठकले साधारणसभा प्रयोजनको लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस संगै साउन २५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले यस अघि बुक क्लोज मिति तय गर्दा नियम अनुसार नभएको भन्दै नेप्सेले मिति सच्याउन निर्देशन दिएको थियो । सोहि अनुसार कम्पनीले नयाँ बुक क्लोज मिति तय गरेको हो ।कम्पनीले एक साथ १३ औ र १४ औ साधारणसभा आह्वान गरेको छ । कम्पनीले भदौ ३ गते नक्सालको लिसारा हालमा सभा आह्वान गरेको हो ।सभामा हकप्रद सहितका विविध प्रस्ताव पेश हुने छ । कम्पनीले  हाल कायम भएको चुक्ता पुंजि  एक अर्ब साठी करोडको १:०.७५ को अनुपातमा ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गर्न लागेको हो। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु : क) साधारण प्रस्तावहरु :१) सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.ब. २०७६/०७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।२) लेखा परिक्षकको प्रतिवेदन सहितको आ.ब. २०७४/०७७ र २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने ।३) आ.ब. २०७४/०७५ को लागि लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने ।४ कम्पनीको संस्थापक शेयरधनीहरको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना संचालकको नियुक्ती गर्ने ।ख) विशेष प्रस्तावहरु :(१) कम्पनीको हाल कायम भएको चुक्ता पुंजि रु.१,६००,०००,०००/-(एक अर्ब साठी करोड मात्र) को ७५ प्रतिशत अर्थात (१:०.७५को अनुपात हकप्रद शेयर जारी गर्ने वारे ।(२) हकप्रद शेयर जारी पश्चात कायम हुने अधिकृत पुजि रु.२.८००,०००,000/- दुइ अर्ब असी करोड मात्र) र जारी तथा चुक्ता पुँजि रु.२,८००,०००,०००/-(दह अर्ब असी करोड मात्र) अनुरूप हुने गरी कम्पनीको प्रबन्धपत्र को दफा ६का, ख) मा संसोधन गर्ने बारे।(३) कम्पनीको हाल कायम भएको प्रबन्धपत्र को दफा ६.घ। र ७ (क) नियमावलीको नियम १८(६,१९ (७),२०,२३ (१) र २७१क) मा संसोधनगर्ने बारे।

सम्बन्धित सामग्री

नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद शेयरको प्रत्याभूति गर्ने भएको छ ।

हिमाल दोलखा हाइड्रोको हकप्रद सेयरको प्रत्याभूति लगानी कोषले गर्ने

११ असोज, काठमाडौं । नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरको प्रत्याभूति गर्ने भएको छ । मंगलबार कोष र हाइड्रोपावर कम्पनीबीच प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत (१ः०.७५को अनुपात) ले हुने १ अर्ब २० कारोड रुपैयाँको १ करोड २० […]

नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको प्रत्याभूति गर्ने भएको छ । मंगलबार कोष र हाइड्रोपावर कम्पनी बीच प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत (१ः०.७५को अनुपात) ले हुने १ अर्व २० कारोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद शेयरको प्रत्याभुति कोषले गर्ने भएको छ ।  सो सम्वन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरको अध्यक्ष रन्जना दहालले हस

हिमाल दोलखा हाइड्रोको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद सेयरका लागि लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा हिमाल दोलखा हाइड्रोपावरका अध्यक्ष रन्जना दाहाल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।ंंंंहाइड्रोपावर कम्पनीको हालको पुँजी एक […]

हिमाल दोलखा हाईड्रोपावरको शेयर बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाडौं, ११ असोज । हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा गत असोज ९ गतेका दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष […]

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर आउँदै

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आइतबार कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।  हिमाल दोलखा हाईड्रोपावरले १ कित्ता शेयरको ०.७५ प्रतिशतको अनुपातमा १ करोड २० लाख

गणपूरक संख्या नपुगेपछि स्थगित हिमाल दोलखाको साधारणसभा फेरि बोलाइयो

गणपूरक संख्या नपुगेपछि स्थगित भएको हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा फेरि बोलाइएको छ ।

हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्न हिमाल दोलखा हाइड्रो साधारणसभा बस्दै

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १३ औं र १४ औं वार्षिक साधारण सभा एकैसाथ हुने भएको छ । शुक्रबार हुन लागेको सभाले १ः०.७५ को अनुपातमा ७५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ । साथै आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने एजेन्डा रहेको छ । त्यस्तै, आव २०७८/७९ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पेश हुनेछ ।सभा प्रयोजनका लागि कम्पनीले २६ साउनमा बुक क्लोज गरिसकेको छ । तसर्थ, २५ साउनसम्म कायम सेयरधनील

७५ प्रतिशत हकप्रद सेयर जारी गर्दै हिमाल दोलखा हाइड्रोपावर

हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई ०.७५ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने भएको हो ।हकप्रद सेयर जारी गर्नका लागि कम्पनीले आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेस गर्ने तयारी गरेको छ । हाल हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ छ । दोलखा हाइड्रोपावरले यही चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।यही भदौ ३ गते बस्ने कम्पनीको साधारण सभाले पारित गरेपछि १ बराबर ०.७५ प्रतिशत हकप्रद जारी हुने छ । हकप्रद सेयर ज

पारिश्रमिक नपाएको भन्दै हिमाल दोलखा हाइड्रोपावरका कर्मचारीद्वारा उत्पादन बन्द

इलाम- हिमाल दोलखा हाइड्रोपावर लिमिटेडका कर्मचारीद्वारा समयमै पारिश्रमिक नपाएको भन्दै उत्पादन बन्द गरेका छन् । इलामबाट सञ्चालित हाइड्रोपावरका कर्मचारीले गएको १७ गतेबाट उत्पादन बन्द गरेका हुन् । कर्मचारीलाई समयमा तलबभत्ता नदिएको र पाउने सेवासुविधा नपाएका कारण उत्पादन बन्द गरिएको कर्मचारीहरूको भनाइ छ ।कर्मचारीहरूले कात्तिक महिनादेखिको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । तोकिएको सेवा सुविधा नदिएको […]