हुम्लामा सस्तियो सिमेन्टको मूल्य

सिमकोट – सडक सञ्जालसँग सदरमुुकाम नजोडिएको हिमाली जिल्ला हुम्ला सिमेन्टको मूल्य ६१ प्रतिशतभन्दा बढी सस्तिएको छ। जिल्लाको दक्षिणी क्षेत्र सडक सञ्जालसँग जोडिनुु र छोटो दूरीबाट खच्चडमा सिमेन्ट ढुवानी गर्न थालिएपछि मूल्य सस्तिएको हो। निर्माण व्यवसायी सरोज रावतका अनुुसार हवाईमार्गबाट ढुवानी भएर आउने सिमेन्टभन्दा पैदल मार्गबाट गाडी र खच्चडमा ढुवानी भएर आउने सिमेन्टको मूल्य ६१ दशमलव […]

सम्बन्धित सामग्री

हेटौँडा सिमेन्टको मूल्य घट्यो

सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले आफूले उत्पादन गर्दै आएको सिमेन्टको मूल्य घटाएको छ । निजी उद्योगका सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसकेपछि उद्योगले सिमेन्टको मूल्य घटाएको हो ।

तरलता अभावले ५० प्रतिशत घट्यो निर्माण सामग्रीको बिक्री

सिजनमै माग घटेपछि सिमेन्टको मूल्य बोरामा ५० र डन्डीको प्रतिकिलो ५ रुपैयाँले घट्यो बैंकहरूमा चुलिएको तरलता अभाव र सरकारले विकास खर्च गर्न नसक्दा यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा परेको छ । आवासीय...

हेटौंडा सिमेन्टको मूल्य घट्यो

हेटौंडा । सिमेन्ट उत्पादन तथा विक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपीसी प्रतिबोरा ४७ घटाएर ७०२ रुपैयाँमा विक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिए । यसअघि प्रतिबोरा ७४७ मा सिमेन्ट विक्री हुँदै आएको थियो । निजीक्षेत्रबाट सञ्चालित यस क्षेत्रका सिमेन्ट उद्योगले सिमेन्टको विक्री मूल्य कम गरेकाले हेटौंडा सिमेन्टले पनि मूल्य घटाएको उद्योग प्रशासनले बताएकोे छ । अब मासिक रूपमा बजारको माग र उत्पादनको आधारमा निजी क्षेत्रका उद्योगले निर्धारण गरेको मूल्यसँग प्रतिस्पर्धा गर्नेगरी मूल्य तोकिने बताइएको छ ।      हेटौंडामा रहेको ऋद्धिसिद्धि सिमेन्ट उद्योगले ओपीसी प्रतिबोरा  ७०० र शिवम् सिमेन्ट उद्योगले प्रतिबोरा ६८० कायम गरी विक्री गर्दै आएका छन् । यस उद्योग गत र अघिल्लो आर्थिक वर्षमा कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र विक्री गर्न नसकी घाटामा परेको महाप्रबन्धक सिंहको भनाइ थियो । प्राप्त जानकारी अनुसार यस उद्योगलाई आर्थिक वर्ष २०७६÷७७ मा २४ करोड र २०७५÷७६ मा १६ करोड रुपैयाँ घाटा परेको थियो । रासस

हेटौँडा सिमेन्टको मूल्य घट्यो

गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न  अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा रु ४७ घटाएर ७०० दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए ।यसअघि प्रतिबोरा रु ७४७ मा सिमेन्ट बिक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौंडाका सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य कम गरेकाले यहाँको मूल्य पनि घटाइएको उद्योग प्

हेटौंडा सिमेन्ट उद्योगले घटायो सिमेन्टको मूल्य

असोज १०, हेटौंडा । गुणस्तरीय सिमेन्ट उत्पादन र विक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजी क्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा ४७ रुपैयाँ घटाएर ७०२ रुपैयाँमा विक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए।            यसअघि प्रतिबोरा ७४७  रुपैयाँमा सिमेन्ट विक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौंडाका सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य कम गरेकाले यहाँकोे मूल्य पनि घटाइएको उद्योग प्रशासनले बताएकोे छ । अब मासिक रुपमा बजारको माग र उत्पादनको आधारमा निजी क्षेत्रका उद्योगले निर्धारण गरेको मूल्यसँग प्रतिस्पर्धा गर्नेगरी मूल्य तोकिने बताइएको छ ।            हेटौंडामा रहेको ऋद्धिसिद्धि सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा ७०० रुपैयाँ र शिबम् सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा  ६८० रुपैयाँ कायम गरी विक्री गर्दै आएका छन् । यस उद्योग गत र अघिल्लो आर्थिक वर्षमा कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र विक्री गर्न नसकी घाटामा परेको महाप्रबन्धक सिंहको भनाइ थियो ।            प्राप्त जानकारी अनुसार यस उद्योगलाई आर्थिक वर्ष २०७६/ ७७ मा २४ करोड  रुपैयाँ र २०७५/ ७६ मा १६ करोड रुपैयाँ घाटा परेको थियो । लामो समयदेखि उद्योगको उपकरण जीर्ण भएर पटक–पटक बिग्रिनाका साथै विगत दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकिएको उद्योगका प्राविधिकको भनाइ छ ।            निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न पटक–पटक योजना र कार्यक्रम ल्याइए पनि कार्यान्वयनमा समस्या हुने गरेको उद्योगका प्राविधिकको भनाइ छ । उद्योगले आफ्नै खानीबाट चुनढुङ्गा, रातो माटोलगायत कच्चापदार्थमार्फत सिमेन्ट उत्पादन गर्दै आएको छ ।रासस

हेटौँडा सिमेन्ट उद्योगले ओपीसी सिमेन्टको मूल्य घटायो

हेटौँडा । हेटौँडा सिमेन्ट उद्योगले ओपीसी सिमेन्टको बिक्री मूल्य घटाएको छ । उद्योगले असोज १ मा निर्णय गरी ओपीसी सिमेन्ट प्रतिबोरा सात सय दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको हो । यसअघि उद्योगले प्रतिबोरा सात सय ४७ रुपैयाँमा सिमेन्ट बिक्री गर्दै आएको थियो । निजी क्षेत्रका उद्योगले सिमेन्टको मूल्य घटाएसँगै हेटौँडा सिमेन्टले पनि मूल्य समायोजन गरेको हेटौँडा सिमेन्ट […]

गैँडा छाप सिमेन्टको मूल्य घट्याे

काठमाडौंः सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको मूल्य घटेको छ। अन्य उद्योगबाट उत्पादित सिमेन्टसँग प्रतिस्पर्धा गर्न उदयपुर सिमेन्ट उद्योगाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपैयाँका दरले घटाइएको छ ...

सिमेन्टको मूल्य घट्यो

उपभोक्ताको चौतर्फी विरोधपछि उद्योगीहरुले सिमेन्टको मूल्य घटाएका छन् । उद्योगीहरुले सिमेन्टको मूल्य प्रतिबोरा २६ रुपैयाँसम्म घटाएका हुन् । आपूर्ति व्यस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनमा कडाई गरेपछि व्यवासायीले मूल्य घटाएका हुन् । विभागका निर्देशक लक्ष्मण श्रेष्ठले प्रतिबोरामा ११ रुपैयाँदेखि २६ रुपैयाँसम्म मूल्य घटाएको जानकारी दिए । “लागत मूल्य बढेर आएको भन्दै व्यवसायीले अस्वाभाविक रूपमा सिमेन्टको मूल्य बढाएका थिए,” उनले भने, “थोरै भए पनि मूल्य घटाउँदा उपभोक्तालाई राहत मिलेको छ ।”