हेटौँडा सिमेन्टको मूल्य घट्यो

गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न  अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा रु ४७ घटाएर ७०० दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए ।यसअघि प्रतिबोरा रु ७४७ मा सिमेन्ट बिक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौंडाका सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य कम गरेकाले यहाँको मूल्य पनि घटाइएको उद्योग प्

सम्बन्धित सामग्री

हेटौँडा सिमेन्टको मूल्य घट्यो

सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले आफूले उत्पादन गर्दै आएको सिमेन्टको मूल्य घटाएको छ । निजी उद्योगका सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसकेपछि उद्योगले सिमेन्टको मूल्य घटाएको हो ।

हेटौंडा सिमेन्टको मूल्य घट्यो

हेटौंडा । सिमेन्ट उत्पादन तथा विक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपीसी प्रतिबोरा ४७ घटाएर ७०२ रुपैयाँमा विक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिए । यसअघि प्रतिबोरा ७४७ मा सिमेन्ट विक्री हुँदै आएको थियो । निजीक्षेत्रबाट सञ्चालित यस क्षेत्रका सिमेन्ट उद्योगले सिमेन्टको विक्री मूल्य कम गरेकाले हेटौंडा सिमेन्टले पनि मूल्य घटाएको उद्योग प्रशासनले बताएकोे छ । अब मासिक रूपमा बजारको माग र उत्पादनको आधारमा निजी क्षेत्रका उद्योगले निर्धारण गरेको मूल्यसँग प्रतिस्पर्धा गर्नेगरी मूल्य तोकिने बताइएको छ ।      हेटौंडामा रहेको ऋद्धिसिद्धि सिमेन्ट उद्योगले ओपीसी प्रतिबोरा  ७०० र शिवम् सिमेन्ट उद्योगले प्रतिबोरा ६८० कायम गरी विक्री गर्दै आएका छन् । यस उद्योग गत र अघिल्लो आर्थिक वर्षमा कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र विक्री गर्न नसकी घाटामा परेको महाप्रबन्धक सिंहको भनाइ थियो । प्राप्त जानकारी अनुसार यस उद्योगलाई आर्थिक वर्ष २०७६÷७७ मा २४ करोड र २०७५÷७६ मा १६ करोड रुपैयाँ घाटा परेको थियो । रासस

सिमेन्टको मूल्य घट्यो

उपभोक्ताको चौतर्फी विरोधपछि उद्योगीहरुले सिमेन्टको मूल्य घटाएका छन् । उद्योगीहरुले सिमेन्टको मूल्य प्रतिबोरा २६ रुपैयाँसम्म घटाएका हुन् । आपूर्ति व्यस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनमा कडाई गरेपछि व्यवासायीले मूल्य घटाएका हुन् । विभागका निर्देशक लक्ष्मण श्रेष्ठले प्रतिबोरामा ११ रुपैयाँदेखि २६ रुपैयाँसम्म मूल्य घटाएको जानकारी दिए । “लागत मूल्य बढेर आएको भन्दै व्यवसायीले अस्वाभाविक रूपमा सिमेन्टको मूल्य बढाएका थिए,” उनले भने, “थोरै भए पनि मूल्य घटाउँदा उपभोक्तालाई राहत मिलेको छ ।”