बदलिँदो मौसम आफूसँगै धेरैजसो रोग पनि साथै लिएर आउँछ । तर, केही सावधानी अपनाइयो भने जाडोयाममा धेरैजसो रोगबाट आफूलाई बचाउन सकिन्छ । जाडोयाममा धेरैजसो देखिने स्वास्थ्य समस्या र त्यसबाट बच्ने उपाय यसप्रकार छन् :
रुघा, खोकी तथा ज्वरो
यो समस्या ऋतु परिवर्तनका वेलामा प्रायः धेरैमा देखिन्छ । शरीरको प्रतिरोधात्मक क्षमता जसको कमजोर छ, त्यस्तालाई चाँडै यी समस्याले भेट्छ । संक्रमणबाट हुने रोगको भाइरसबाट बच्न सर–सफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । खाना खानुअघि र पछि साबुन–पानीले हात धुनुपर्छ । यो भाइरल इन्फेक्सन हो...