लुकीछिपी भित्रनेले बढाए जोखिम

विनोदसिंह विष्ट, बैतडी भारतबाट अवैध बाटो भएर नेपाल भित्रिने क्रम नरोकिएपछि बैतडीमा कोरोना संक्रमणको जोखिम बढेको छ । निषेधाज्ञा जारी गरेर भारतसँग सीमा जोडिएको नाका झुलाघाट खुला रहेको भए पनि अवैध बाटोबाट नेपाल भित्रिने क्रम नरोकिँदा जोखिम बढेको हो । झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन विधिमार्फत अनिवार्यरूपमा कोरोना परीक्षण गर्ने गरिएको छ । […]

सम्बन्धित सामग्री

असुरक्षित भवनबाट सेवा दिँदै इलाका प्रशासन कार्यालय

नागरिकता बनाउने कोठामा बिजुलीको तारमा पङ्खा झुण्डिरहेको छ। सुस्त गतिमा चलिरहेको पङ्खा गति बढाए कर्मचारीमाथि खस्ने जोखिम छ।

सीडी रेसियोको दबाबमा रहेका बैंकले बढाए ब्याजदर

सीडी रेसियो बढी भएका बैंकहरुको ब्याजदर कम हुँदा निक्षेप अर्को बैंकले तान्ने जोखिम हुन्छ । जसले गर्दा दशैंमा कर्जाको माग भएमा कर्जा दिन नसक्ने अवस्थामा पुग्ने भएपछि सीडी रेसियो बढी भएका बैंकहरुले निक्षेपको ब्याजदर बढाउनुपर्ने अवस्था आएको बैंकरहरु बताउँछन् ।

घरकर्जा र सेयर कर्जामा लचक बन्यो राष्ट्र बैंक, यस्तो छ कर्जा सीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै घर र शेयरमा जाने कर्जामा लचक बनेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई बढाए २ करोड पुर्‍याएको छ । शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी […]

के छ राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिमा ? (पूर्णपाठ)

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीति घर र शेयरमा जाने कर्जामा लचक देखिएको छ । आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई बढाए २ करोड पुर्‍याइएको छ । शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन […]

अटोरिक्साले बढाए जोखिम

गत शनिबार गाल्जेमा लागेको १२ वर्षे सत्यदेवीको मेला हेर्न पत्नी तारा, ५ वर्षीय छोरा गौरवसहित आएका जुम्लाको हिमा–४ कुडुका ३५ वर्षीय विर्षबहादुर शाहीको खल्लागाडामा अटो दुर्घटना हुँदा मृत्यु भयो । मोडमा अनियन्त्रित भई अटो पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको हो भने पत्नी र छोरालाई थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ । उनी नाग्मकै ऐमान बुढाले चलाएको अटोरिक्सा चढेर मेला हेर्न जान लागेका थिए ।

अझै शेयरको मूल्य घट्छ, बजार मूल्य र ब्याजदर बढ्छ : सभापति शाह

सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले अझै शेयरको मूल्य घट्ने बताएका छन् । बुधवार महालेखापरीक्षक कार्यालयको ६४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभापति शाहले  अझै शेयरको मूल्य घट्ने बताएका हुन्।उनले अझै शेयरको मूल्य घट्ने, अझै बजार मूल्य र  ,ब्याजदर बढ्दै जाने बताए। उनले बाह्य कारणले अर्थतन्त्रमा समस्या आएको बताए। शाहले मुलुकको अर्थतन्त्र जटिल मोडमा पुगेको बताए  । उनले मुलुकको अर्थतन्त्रका सबै सूचकहरु नकारात्मक भएकाm् अफठ्यारो परिस्थिति रहेको बताए । सभापति शाहले अहिलेको यो परिस्थिति नेपालको मात्रै नभएको बताए  । उनले कोरोना महामारीको बेला अमेरिकाले जथाभावि डलर छापेर बजारमा पठाएकाले विश्वभर समस्या भएको बताए । उनले भने ' वर्तमान परिस्थितीमा अर्थतन्त्र जटिल मोडमा छौं । अहिले अत्यन्तै बढी आयात भइरहको छ । विदेशी मुद्रा साढे ६ महिनालाई मात्रै छ । घरजग्गा,शेयरको मूल्य घटेको छ । बैंकको ब्याज बढेको छ । चारै तिरबाट हामीलाई अफठ्यारो परेको छ । हामी सबैले आफ्नो जिम्मेवारी पालना गर्नुपर्छ । यो जटिल परिस्थिति नेपालको मात्रै होइन संसारको हो । यो जटिल परिस्थितिलाई हामी मिलेर सामना गर्नुपर्छ । हरेक नागरिकले आफ्नो जिम्मेवारी लिएर देशलाई बचाउनु पर्छ । हाम्रो देशमा अफ्ठ्यारो परेर श्रीलंका जस्तो अवस्था भोग्नुपरो भने सबैलाई राम्रो हुँदैन । यो अमेरिकाबाट आएको हो । यो युक्रेन र रसिया युद्धले होइन । अमेरिकामा कोभिड भएको समयमा मनपरि डलर छाप्यो । सबैलाई पैसा दियो । धेरै पैसा बजारमा फाल्यो । उनीहरुले पैसा पाए कोहीले शेयरमा लगानी गरे,भारत लगायतका देशमा शेयरमा लगानी गरे । नेपालमा पनि गरे । कोरोनापछि अत्यन्त महँगी बढ्यो । बैंकहरुले बजारबाट पैसा तान्नको लागि ब्याज बढाए । यसरी सबै समस्या आएको हो । यसका सरकारले राम्रोसँग ध्यान दिनुपर्छ नत्र अफठ्यारो पर्छ । अझै शेयरको मूल्य घट्छ, अझै बजार मूल्य ,ब्याजदर बढ्दै जान्छ । यी सबै व्यवस्थापन नगर्न सक्नुपर्छ । अहिलेको विश्म परिस्थितीबाट देशलाई जोगाउनु हामी सबैको कर्तव्य हो । फजुल खर्च गर्न सक्नुपर्छ ।’शाहले अन्तर्राष्ट्रिय अभ्यास जोखिममा आधारित लेखा परीक्षण हुने भएकाले नेपालमा पनि जोखिममा आधारित कारोबारको मात्रै लेखापरीक्षण गर्नुपर्ने बताए । उनले महालेखा परीक्षकको ठूलो जिम्मेवारी भएकाले ऐन कानून परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताए । सभापति शाहले लेखापरीक्षक कार्यालयले ६ हजारदेखि १० हजार युनिटको लेखा परीक्षण गर्ने गरेको भन्दै अब जोखिममा आधारित लेखा परीक्षण गर्नुपर्ने बताए । उनले अमेरिकामा ५ सय तथा भारतमा ७ सय युनिटको मात्रै लेखा परीक्षण गर्ने गरेको बताए । सभापति शाहले अब लेखापरीक्षक कार्यालयले जहाँ अर्बौंका ठेक्का र खर्बांैं कारोबार भएर बढी जोखिम भएका तथा बढी भ्रष्टाचार हुने युनिटहरुमा मात्रै लेखापरीक्षण गर्नुपर्ने बताए । उनले  अब लेखा परीक्षणमा २० वर्ष देखिको कम्प्युटर, ल्यापटप दिनुपर्ने देखाएर बेरुजु देखाउनु जरुरी नभएको बताए । उनले भने,‘महालेखा परिक्षकलाई ठूलो जिम्मेवारी छ । हाम्रा ऐन कानूनमा केही परिर्वतन गर्नु पर्नेछ । हाम्रो ऐनले सबै युनिटलाई लेखारीक्षण गर्नु भन्छ । ६ हजार युनिटलाई लेखापरीक्षण गर्नुपर्छ । यो महालेखापरीक्षक कार्यालयले गर्नै सक्दैन । त्यस कारण उहाँहरुलाई जोखिममा आधारित लेखा परीक्षण गर्दा हुन्छ । संसारभरी जोखिममा आधारित मात्रै लेखापरीक्षण हुन्छ । भारतमा ७ सय युनिट भन्दा बढी गर्दैन । अमेरिकामा ५ सय भन्दा बढी गर्दैन । हामी हजार देखि १० हजार युनिटमा गर्छौं । जसमा हाम्रो परिणाम के हुन्छ ।त्यसकारण हाम्रो जोखिममा आधारित लेखापरीक्षण गर्ने हो । जहाँ अर्ब–अर्बको कारोबार छ त्यही हेर्ने हो । कर्मचारीले ५ सय रुपैयाँमा लिएको हेर्नु कुनै अर्थ छैन। हामीले हेर्ने भनेको अर्बौंका ठेक्का खर्बांैं कारोबार अन्य कारोबार छन् त्यहा बढी जोखिम छ । त्यहाँ नै भढी भ्रष्टाचार हुन्छ । हेर्ने त्यही हो । अब जोखिममा आधारित मात्रै लेखापरीक्षण गर्ने हो । अरुलाई महालेखाको प्रतिवेदन अनुसार गर्नु भनेर लेखिदिने हो । २० वर्ष देखिको कमप्युटर, ल्याप्टप दिनुपर्ने देखाएर बेरुजु देखाउनु जरुरी छैन । त्यसले हामीलाई कँही पु¥याउँदैन ।’

सरुवारोग विशेषज्ञहरू भन्छन् : सभा, सम्मेलनले कोरोनाको जोखिम बढाए

काठमाडौं : पछिल्लो समय भइरहेका सभा, समारोह तथा विवाह र पार्टीले कोरोना भाइरस संक्रमणको जोखिम बढेको बताइएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्ण पौडेलका अनुसार जनस्वास्थ्यका मापदण्ड पालना नगरी पछिल्लो समय भइरहेका विभिन्न प्रकारका सभा, सम्मेलन र विवाहका पार्टीले गर्दा संक्रमण वृद्धि हुने जोखिम बढेको बताए।‘परीक्षणका आधारमा हालसम्म संक्रमित बढेको भन्न मिल्दैन तर, अहिले भइरहेका सभा, सम्मेलन, समारोह र मंसिरमा

मकवानपुरका सरकारी कार्यालयले कोरोना जोखिम बढाए (फोटो फिचर)

हेटौंडा : मकवानपुरमा अहिले कोरोना भाइरसको सक्रिय संक्रमित संख्या एक हजार १९ पुगेको छ।  वैशाखदेखि लगाइएको निषेधाज्ञा हालसम्म जारी नै छ। कोरोना नियन्त्रण लागि भन्दै विभिन्न व्यवसायहरू सञ्चालनका लागि निश्चित समय निर्धारण गरिएको छ।विद्यालयहरू सञ्चालन हुन सकेका छैनन्। कोरोना नियन्त्रणको लागि भन्दै विभिन्न क्षेत्रमा पुनः कडाइ गर्न थालिए पनि सरकारी कार्यालयहरूको भीड भने अनियन्त्रित बनिरहेको छ।जिल्लामा कोरोना संक्रमितसँगै सरकारी कार्यालयहरूमा सेवा लिन आउने सेवाग्राहीको भीड पनि दैनिक बढेको छ। ज

भारतबाट फर्कनेले बढाए संक्रमणको जोखिम

विराटनगर-खुला सिमानाका कारण प्रदेश राजधानी विराटनगरमा कोरोनाको संक्रमण दर बढ्दै गएको छ । भारतबाट आउने व्यक्तिहरूबाट कोरोनाको जोखिम बढेको स्वयम् प्रदेश सरकारकी सामाजिक विकासमन्त्री उषाकला राई स्वीकार्छिन् । मोरङमा मात्रै ६३ किलोमिटर भारतसँग सिमाना जोडिएको छ । जोगबनी नाकाबाट आवत–जावत गर्नेको मात्रै स्वास्थ्य जाँच गर्ने गरिएको छ । जोगबनी नाकाबाट भन्दा दसौं गुणा बढी सर्वसाधारण […]

लुकिछिपी आउनेले बढाए उपत्यकामा जोखिम

प्रभावकारी कदम चालिए पनि काठमाडौँ उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । उपत्यकामा बिहीबार मात्र छ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँका दुई, ललितपुरका एक र भक्तपुरका तीन जनामा सङ्क्रमण देखिएको छ । काठमाडौँमा फेलापरेका सङ्क्रमितमा कपन बालुवाखानीका ४५ वर्षका पुरुष र तीनकुनेकी ३४ वर्षकी महिला हुन् । उनीहरू केही दिनअघि काठमाडौँ भित्रिएका हुन् । आफन्तको सल्लाहमा कोरोना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण देखिएको हो ।