केटाकेटी र परिवारबीच सबै कुरा ठीकठाक भएपछि बिहे हुन्छ तर भारतको उत्तर प्रदेशको अलिगढमा सिन्दुर हालिसकेपछि बिहे गर्न अस्वीकार गरेको घटना सार्वजनिक भएको छ ।
अलिगढको छर्रास्थित सिरौलीमा बेहुली लैजान आएका बेहुलाले सिन्दुर हालिसकेपछि बेहुलीले बिहे गर्न अस्वीकार गरेकी छन् ।
बेहुला पुग्दा बेहुलीको घरमा खुब स्वागत भयो, जन्तीले खाना खाए, मण्डप परिक्रमा गरियो, सिन्दुर हालियो । तर जब हातमा बेसार लगाउने कार्य शुरू भयो, तब बेहुलीले बिहे गर्न अस्वीकार गरिन् ।
बेसार लगाउन बेहुलाले हात अगाडि बढाउँदा हातका ३ औंला काटिएका द...