किसान अलैंची ‘ग्रेडिङ’ गर्न व्यस्त

अन्तर्राष्ट्रिय बजारमा अलैंचीको मूल्य घटदो क्रममा देखिएपछि लमजुङका किसान अलैंचीको ग्रेडिङ (गुणस्तर निर्धारण) गर्न व्यस्त छन् । बिक्री गर्नुअघि किसानले अलैंचीको गुणस्तर कायम गर्न लागेका हुन् । अन्तर्राष्ट्रिय बजारले गुणस्तरीय अलैंची खोजेको र बिक्री पनि छिट्टै हुने भएपछि किसानले यसको गुणस्तरमा ध्यान दिन थालेको हो ।

सम्बन्धित सामग्री

किसानलाई अलैंची भित्र्याउन भ्याई–नभ्याई

२१ कात्तिक, फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङका किसानलाई अलैंची घर भित्र्याउन भ्याई–नभ्याई भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो । अलैँची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गरिन्छ । बेँसी क्षेत्रमा साउनदेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ ।अहिले […]

चाडबाडमा अलैंची टिप्न व्यस्त किसानलाई उचित मूल्यको चिन्ता

मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैंची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरुलाई दुःख गरी उब्जाएको अलैंचीले बजारमा उचित मूल्य नपाउने हो कि भन्ने चिन्ताले समेत पिरोलेको छ । अलैंचीको मूल्य घट्न थालेपछि बागलुङका किसान मर्कामा परेको गलकोट नगरपालिका–१ का ‘अलैँची ब्लक’ सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताए । “यो वर्ष अलैंचीको मूल्य गत वर्षको तुलनामा घटेको छ”, उनले भने, “एकातिर रोग, किराको प्रकोपले उत्पादन घटेको

अलैंची भित्र्याउन व्यस्त किसान

प्रदेश १ का विभिन्न पहाडी जिल्लामा किसानलाई अलैंची भित्र्याउने चटारो छ । केही वर्ष राम्रो मूल्य हुँदा अलैंची खेतीलाई कालो सुनको नाम दिइएको हो ।केही वर्षअघि राम्रो मूल्य पाएसँगै किसाले अलैंची खेती विस्तार गर्दै आएका छन् । तर निरन्तर मूल्यमा गिरावट आएपछि किसानले सोचे जस्तो आम्दानी भने लिन सकेका छैनन् । राम्रो मूल्य पाउन थालेपछि […]

दसैं छोडेर अलैंची टिप्न र सुकाउन व्यस्त किसान

लमजुङ- दसैँ मनाउन छोडेर लमजुङका अलैंची किसान  अलैंची टिप्ने र सुकाउन तल्लिन छन् । अलैंची टिप्न सहरबजार झरेका गाउँ फर्केका छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत स्थानीय पनि गाउँ पुगेर अलैंची टिप्ने र सुकाउने कार्यमा व्यस्त छन् । गाउँका बुढापाका, बालबालिका तथा युवायुवती अलैंची टिप्न र सुकाउन लागेका छन् । जंगलका अलैंची बगानदेखि गाउँका अलैंची […]

लमजुङमा अलैंची उत्पादनमा कमी, गत वर्षभन्दा करीब ८५% ले कमी

माघ २, लमजुङ । लमजुङमा यसवर्ष अलैंची उत्पादनमा कमी आएको छ । आवश्यकता अनुसार समयमा पानी नपर्नु, मौसम अनुकूल नहुनु, बोटमा कीरा लाग्नु र बोट सुक्नुलगायतका कारणले यो वर्ष अलैंची उत्पादनमा कमी आएको हो । गत वर्षको तुलनामा यो वर्ष करीब ८५ प्रतिशतले उत्पादनमा कमी आएको नेपाल अलैंची जोन कार्यालय लमजुङले जानकारी दिएको छ । कार्यालयका अनुसार गत वर्ष जिल्लामा ४०० मेट्रिक टन अलैंची उत्पादन भएको थियो । यस वर्ष अलैंचीको उत्पादन घटेर ३५ मेट्रिक टनमा सीमित भएको छ  ।   गत वर्ष अलैंचीको विक्रीबाट रू. १८ करोड २० लाख आम्दानी गरेका किसानले यो वर्ष रू. तीन करोड ५० लाख मात्र आम्दानी गर्न सकेको कार्यालयले जानकारी दिएको छ । यसवर्ष रोग प्रकोप, जलवायु परिवर्तन, सिँचाइको कमीलगायतका कारण अलैंची उत्पादनमा भारी गिरावट आएको नेपाल अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेशका संयोजक तथा जिल्ला अध्यक्ष अजय तामाङले बताए ।  मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अलैंची किसानसमेत रहेका संयोजक तामाङले गतवर्ष ४५० केजी अलैंची दाना उत्पादन भएकोमा यो वर्ष २०० केजी मात्र उत्पादन भएको बताए ।  त्यस्तै, बेँसीशहर नगरपालिका–१० खाँचेका अलैंची किसान सोमबहादुर तामाङको पनि समस्या तथा उत्पादन उस्तै उस्तै भएको छ । तामाङले गतवर्ष करीब २०० किलो अलैंची दाना उत्पादन गरेको र योवर्ष भने जम्मा ३२ किलो मात्र अलैँची उत्पादन भएको बताए । अलैंची उत्पादन घटेपनि मूल्य भने वृद्धि भएको छ । गतवर्ष ४५० किलो अलैंची दाना विक्रीबाट रू. दुई लाख ७० हजार आम्दानी गरेका छिनेखोलाका तामाङले यो वर्ष २०० किलो अलैंची दाना विक्रीबाटै रू. दुई लाख २० हजार आम्दानी गरेका हुन् । खाँचेका तामाङले गतवर्ष रू. एक लाख २० हजार आम्दानी गरेकोमा यो वर्ष रू. ३५ हजार मात्र आम्दानी गरेको बताए । गतवर्ष प्रतिकिलो रू. ५०० देखि ६०० मा अलैंचीको दाना विक्री गरेका किसानले यो वर्ष रू. एक हजार ५० देखि एक हजार १०० सम्म विक्री गरेका छन् ।  अलैंची जोन कार्यलयका अनुसार जिल्लामा गत वर्ष एक हजार ६५ हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार भएको थियो भने ४७९ हेक्टर जमिनमा मात्रै अलैंची उत्पादन भएकोे थियो ।  व्यवसायिक खेती हुँदै आएको लेकाली क्षेत्रहरूमा अलैंची उत्पादनमा गिरावट आएसँगै मूल्यमा समेत गिरावट हुँदा किसानहरु निराश बनेका छन् । दशकअघि प्रतिकेजी रू. २ हजार ५०० सम्म रहेको अलैंचीको मूल्य अहिले प्रतिकिलो रू. ८०० देखि ९०० को हाराहारीमा छ ।  जिल्लामा विसं २०४१ बाट अलैंची खेती विस्तार भएदेखि किसान यस पेशाप्रति आकर्षित हुँदै आएको छ । विसंं २०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैंची दाना विक्री गरेर किसानले रू. १२ करोड आम्दानी गरेका थिए  ।  यसैगरी विसं २०७५ मा ७५० क्विन्टल अलैंची दानाको विक्रीबाट रू. पाँच करोड २५ लाख र विसं २०७४ मा ६०० क्विन्टल अलैंची दाना विक्रीबाट रू. चार करोड ४८ लाख आम्दानी गरेको थियो ।  जिल्लामा हाल एक हजार ५०० हेक्टर क्षेत्रफल जमिनमा अलैंची खेती हुँदै आए पनि एक हजार २०० हेक्टर क्षेत्रफलमा मात्र उत्पादन हुँदै आएको छ । उक्त परियोजनाले अलैंची जोन पकेट क्षेत्रका रुपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीशहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ ।  सो क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी अलैंची उत्पादन हुने गरेको बताइएको छ । जिल्लाका किसानले कुनै बेला अलैंची दाना प्रतिकिलो रू. दुई हजार २०० सम्ममा विक्री गर्ने गरेका थिए ।  जिल्लामा ७०० मिटरदेखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही, एक हजार २०० मिटरदेखि एक हजार ६०० मिटर उचाईमा गोलशाही तथा १ हजार ६०० देखि २ हजार २०० मिटर उचाईमा रामशाही र भलाङे जातका अलैंची बिरुवा लगाउँदै आएका छन् ।  उचाइअनुसार फरक फरक समयमा अलैंची पाक्ने हुँदा माथिल्लो क्षेत्रमा लगाइएको अलैंची किसानहरूले असोज महीनामा टिप्ने गर्छन् । अलैंची पाकेपछि टिप्न, छोडाउन र सुकाउन व्यस्त हुन्छन्, उनीहरु ।  दिनभर टिप्ने, राती छोडाउने र फेरि भट्टीमा सुकाउनुपर्ने हुँदा अलैंची किसानहरू त्यस समयमा व्यस्त हुने गरेका छन् । व्यवसायिक रूपमा अलैंची खेती गरेका जिल्लाका अधिकांश किसानहरूले सुकाएर मात्रै ग्रेडिङ गरी विक्री गर्ने गरेका छन् । लमजुङको १ हजार २०० मिटरभन्दा माथिल्लो भागमा व्यवसायिक अलैंची खेती हुने गरेको छ । जिल्लामा २० हजारभन्दा बढी कृषकले व्यवसायिक अलैंची खेती गर्दै आएका छन् ।  जिल्लामा लगाइएको अलैंचीका दानाको माग उच्च रहँदै आएको छ । जिल्लामा उत्पादित अलैंचीका दाना भारत हुँदै विभिन्न देशमा पुग्ने गरेको छ । रासस

ताप्लेजुङका किसानलाई अलैंची भित्र्याउने चटारो

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उनी अलैंची टिप्न र सुकाउनमै व्यस्त हुन्छन् । लगाइएको अलैंची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उनले वार्षिक करीब ९ मन अलैंची उत्पादन गर्दै आएका छन् । फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका इन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैंची टिप्न र सुकाउन भ्याइनभ्याइ छ । पाकेको अलैंची घरमा भित्र्याउन, छोडाउने र भट्टीमा हालेर सुकाउनु नै लिम्बू दिनचर्या बनेको छ । उनले वर्षमा करीब १३ मनसम्म अलैंची विक्री गर्दै आएका छन् । तिहारको बेला ताप्लेजुङका किसानलाई अलैंची घरमा भित्र्याउन चटारो छ । अलैंची पाक्ने याम शुरुभएसँगै यहाँका किसानको व्यस्तता बढेको छ । बेँसीमा लगाइएको अलैंची चाँडो पाके पनि लेकाली क्षेत्रको पाक्ने र घरमा भित्र्याउने काम भने मंसिर अन्तिम सातासम्म नै लाग्छ । सिरिजंघा गाउँपालिका–८ याम्फुदीनका कमल राई उच्च पहाडी भेगमा लगाइएको अलैंची भदौदेखि टिप्न थाल्ने बताए ।   ‘बेँसीमा प्रायः भदौ र असोजभित्र अलैंची टिप्ने र थन्क्याउने काम सकिन्छ । लेकाली क्षेत्रमा कात्तिकदेखि मंसिरसम्म अलैंची टिप्न चटारो हुन्छ’, राईले भने । केही वर्षयता अलैंचीको भाउ निरन्तर ओरालो लागेको छ । तर पनि यसखेतीप्रति किसानको उत्साह घटेको छैन । किसानले बर्सेनि अलैंची खेतीको क्षेत्र विस्तार गरिरहेका छन् । मसला, जडीबुटी र औषधिका रूपमा प्रयोग गरिने अलैंची खेती जिल्लाको ६१ वडामा गरिँदै आएको छ । अलैंची खेतीबाटै किसानको आर्थिक अवस्था बलियो भएको मिक्वाखोला गाउँपालिका–६ का देउप्रसाद लिम्बूले बताए । ‘भूगोल अनुसारको जातको अलैंची लगाउन सके आम्दानी मनग्य गर्न सकिने सम्भावना छ,’ उनले भने । कम मेहनतले अन्य बालीको  तुलनामा बढी आम्दानी लिन सकिने भएकाले पछिल्लो समय किसान अलैंची खेतीतर्फ आकर्षित हुने गरेको उनको भनाइ छ । अलैंची विक्री गरी बर्सेनी जिल्लामा करोडौं रकम भित्रिने गरेको छ । अलैंचीको दाना र बेर्ना विक्रीबाट किसानको आर्थिक अवस्थामा सुधार आएको छ । कतिपयले अलैंची विक्रीको आम्दानीले सहर बजारमा घरजग्गा खरीद गरेका छन् । धान उत्पादन हुने उर्वर सिमसार खेतमा समेत किसानले अलैंची लगाउन थालेका छन् ।   थोरै लगानीमा छिटो र बढी आम्दानी लिन सकिने भएकाले किसान अलैंची खेतीतर्फ आकर्षित हुँदै गएका छन् । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा अलैंची उत्पादन गरिँदै आएको छ । रासस

ताप्लेजुङका किसानलाई अलैँची भित्र्याउने चटारो

कात्तिक २१, फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उनी अलैँची टिप्न र सुकाउनमै व्यस्त हुन्छन् ।  लगाइएको अलैँची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उनले वार्षिक करीब ९ मन अलैँची उत्पादन गर्दै आएका छन् ।  फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका ईन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैँची टिप्न र सुकाउन भ्याइनभ्याई छ । पाकेको अलैँची घरमा भित्र्याउन, छोडाउने र भट्टीमा हालेर सुकाउनु नै लिम्बू दिनचर्या बनेको छ । उनले वर्षमा करीब १३ मनसम्म अलैँची विक्री गर्दै आएका छन् ।  तिहारको बेला ताप्लेजुङका किसानलाई अलैँची घरमा भित्र्याउन चटारो छ । अलैँची पाक्ने याम शुरुभएसँगै यहाँका किसानको व्यस्तता बढेको छ । बेँसीमा लगाइएको अलैँची चाँडो पाकेपनि लेकाली क्षेत्रको पाक्ने र घरमा भित्र्याउने काम भने मंसिर अन्तिम सातासम्म नै लाग्छ । सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनका कमल राई उच्च पहाडी भेगमा लगाइएको अलैँची भदौदेखि टिप्न थाल्ने बताए ।   ‘बेँसीमा प्रायः भदौ र असोजभित्र अलैँची टिप्ने र थन्क्याउने काम सकिन्छ । लेकाली क्षेत्रमा कात्तिकदेखि मंसिरसम्म अलैँची टिप्न चटारो हुन्छ’, राईले भने । केही वर्षयता अलैँचीको भाउ निरन्तर ओरालो लागेको छ । तरपनि यसखेतीप्रति किसानको उत्साह घटेको छैन । किसानले बर्सेनि अलैँची खेतीको क्षेत्र विस्तार गरिरहेका छन् । मसला, जडीबुटी र औषधिकारुपमा प्रयोग गरिने अलैँची खेती जिल्लाको ६१ वडामा गरिँदै आएको छ । अलैँची खेतीबाटै किसानको आर्थिक अवस्था बलियो भएको मिक्वाखोला गाउँपालिका–६ का देउप्रसाद लिम्बूले बताए ।  उनले भने, ‘भूगोल अनुसारको जातको अलैँची लगाउन सके आम्दानी मनग्य गर्न सकिने सम्भावना छ ।’ कम मेहनतले अन्य बालीको  तुलनामा बढी आम्दानी लिन सकिने भएकाले पछिल्लो समय किसान अलैँची खेतीतर्फ आकर्षित हुने गरेका लिम्बू बताउँछन् ।  अलैँची विक्री गरी बर्सेनी जिल्लामा करोडौँ रकम भित्रिने गरेको छ । अलैँचीको दाना र बेर्ना विक्रीबाट किसानको आर्थिक अवस्थामा सुधार आएको छ । कतिपयले अलैँची विक्रीको आम्दानीले सहर बजारमा घरजग्गा खरीद गरेका छन् । धान उत्पादन हुने उर्वर सिमसार खेतमा समेत किसानले अलैँची लगाउन थालेका छन् ।   थोरै लगानीमा छिटो र बढी आम्दानी लिन सकिने भएकाले किसान अलैँची खेतीतर्फ आकर्षित हुँदै गएका छन् । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा खलैँची उत्पादन गरिँदै आएको छ । किसानमा अलैँची खेती गर्ने विधि, बेर्ना रोप्ने, गोडमेल गर्ने, टिप्ने, सुकाउने र भण्डारण गर्ने उपयुक्त विधिको ज्ञानको भने अभाव छ । अलैँची टिप्ने मजदूरको समेत अभाव छ ।  प्रायः सबै गाउँलेको अलैंची बगान छ । आफ्नो बगानमा आफैंले टिप्न सकिँदैन । समयमै टिप्न नसक्दा जंगली जनावरले पाकेको फल खाइदिने समस्या छ । त्यसैले समयमै टिपेर भित्र्याउनु पर्छ । खेताला पाउन छोडेपछि टिप्न समस्या भएको फक्ताङलुङ गाउँपालिका–५ का किसानकुमार राई बताउँछन् ।  ‘खेताला पाउनै गाह्रो छ । गाउँभरि पैसा बोकेर जाँदा पनि खेताला खोज्दा पाइँदैन । सबैलाई आफ्नै बगानमा टिप्न भ्याइनभ्याई छ’, उनले भने । युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल भएको सिदिङवा गाउँपालिका–४ की अनिता लिम्बुले बताए ।  केही वर्ष अघिसम्म सीमित क्षेत्रमा मात्र अलैँची खेती गरिन्थ्यो । पछिल्लो समय अलैँचीको विक्री र मूल्य बढ्दै गएपछि खेती विस्तार हुन थालेको हो । अलैँचीको बजार मूल्य रू. एक लाख २० हजारसम्म पुगेको छ । धान, मकै, कोदोलगायत खेती हुने जमिनमा हाल किसानले अलैँची खेती विस्तार गर्न थालेका छन् ।  वैदेशिक रोजगारीमा गएका युवा गाउँ फर्किएपछि अलैँची खेती गर्न थालेका छन् । जिल्लामा अलैँची खेती विस्तार हुन थालेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख विनय महर्जनले जानकारी दिए । जिल्लामा करीब चार हजार ३०० हेक्टरमा अलैँची खेती गरिँदै आएको छ । गत वर्ष दुई हजार ९६० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । रासस

अर्मनमा फस्टाउँदै अलैंची खेती, भाउ नपाउँदा किसान चिन्तित

म्याग्दी : सामुदायिक वनको ६ रोपनी जग्गा भाडामा  लिएर र आफ्नो ६ रोपनी गरी १२ रोपनी जग्गामा विगत  ७ वर्ष पहिले अलैंची खेती शुरु गरेका म्याग्दीको मंगला गाउँपालिका-५ अर्मनका हरिध्वज थापा अलैंची टिपेर सुकाउन व्यस्त छन्। अलैंची खेती र यसको बजारमूल्यको बारेमा थाहा पाएपछि परम्परागत खेतीपातीभन्दा व्यावसायिक अलैंची खेती...

अलैंची संकलन गर्न व्यस्त किसान

दशैं नजिकिनै लाग्दा ताप्लेजुङका किसान अलैंची बाली भित्र्याउन व्यस्त छन् । पाकिसकेको अलैंली संकलनमा ढिलो गर्दा चरा मुसाले नष्ट गर्ने भएपछि किसानलाई चटारो भएको हो ।

अलैंची खेतीमा किसान आकर्षित

मूल्यमा गिरावट आएको भन्दै पूर्वी नेपालका अलैंची कृषकले गुनासो गरिरहेका बेला चैनपुर नगरपालिका–२ मैयुमका सन्जय शेर्पा भने अलैंची खेती विस्तार गर्न व्यस्त छन् । ४ वर्षअघि परिक्षणका लागि धान खेती घटाएर अलैंची खेती गर्न थालेका उनले तीन वर्षभित्रै ७ मन अलैंची फलाए । प्रतिमन ४० हजारका दरले २ लाख ८० हजार आम्दानी भएपछि हौसिएका उनले यसपाली थप एक सय रोपनीमा अलैंची खेती गरेका छन् ।