लमजुङमा अलैंची उत्पादनमा कमी, गत वर्षभन्दा करीब ८५% ले कमी

माघ २, लमजुङ । लमजुङमा यसवर्ष अलैंची उत्पादनमा कमी आएको छ । आवश्यकता अनुसार समयमा पानी नपर्नु, मौसम अनुकूल नहुनु, बोटमा कीरा लाग्नु र बोट सुक्नुलगायतका कारणले यो वर्ष अलैंची उत्पादनमा कमी आएको हो । गत वर्षको तुलनामा यो वर्ष करीब ८५ प्रतिशतले उत्पादनमा कमी आएको नेपाल अलैंची जोन कार्यालय लमजुङले जानकारी दिएको छ । कार्यालयका अनुसार गत वर्ष जिल्लामा ४०० मेट्रिक टन अलैंची उत्पादन भएको थियो । यस वर्ष अलैंचीको उत्पादन घटेर ३५ मेट्रिक टनमा सीमित भएको छ  ।   गत वर्ष अलैंचीको विक्रीबाट रू. १८ करोड २० लाख आम्दानी गरेका किसानले यो वर्ष रू. तीन करोड ५० लाख मात्र आम्दानी गर्न सकेको कार्यालयले जानकारी दिएको छ । यसवर्ष रोग प्रकोप, जलवायु परिवर्तन, सिँचाइको कमीलगायतका कारण अलैंची उत्पादनमा भारी गिरावट आएको नेपाल अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेशका संयोजक तथा जिल्ला अध्यक्ष अजय तामाङले बताए ।  मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अलैंची किसानसमेत रहेका संयोजक तामाङले गतवर्ष ४५० केजी अलैंची दाना उत्पादन भएकोमा यो वर्ष २०० केजी मात्र उत्पादन भएको बताए ।  त्यस्तै, बेँसीशहर नगरपालिका–१० खाँचेका अलैंची किसान सोमबहादुर तामाङको पनि समस्या तथा उत्पादन उस्तै उस्तै भएको छ । तामाङले गतवर्ष करीब २०० किलो अलैंची दाना उत्पादन गरेको र योवर्ष भने जम्मा ३२ किलो मात्र अलैँची उत्पादन भएको बताए । अलैंची उत्पादन घटेपनि मूल्य भने वृद्धि भएको छ । गतवर्ष ४५० किलो अलैंची दाना विक्रीबाट रू. दुई लाख ७० हजार आम्दानी गरेका छिनेखोलाका तामाङले यो वर्ष २०० किलो अलैंची दाना विक्रीबाटै रू. दुई लाख २० हजार आम्दानी गरेका हुन् । खाँचेका तामाङले गतवर्ष रू. एक लाख २० हजार आम्दानी गरेकोमा यो वर्ष रू. ३५ हजार मात्र आम्दानी गरेको बताए । गतवर्ष प्रतिकिलो रू. ५०० देखि ६०० मा अलैंचीको दाना विक्री गरेका किसानले यो वर्ष रू. एक हजार ५० देखि एक हजार १०० सम्म विक्री गरेका छन् ।  अलैंची जोन कार्यलयका अनुसार जिल्लामा गत वर्ष एक हजार ६५ हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार भएको थियो भने ४७९ हेक्टर जमिनमा मात्रै अलैंची उत्पादन भएकोे थियो ।  व्यवसायिक खेती हुँदै आएको लेकाली क्षेत्रहरूमा अलैंची उत्पादनमा गिरावट आएसँगै मूल्यमा समेत गिरावट हुँदा किसानहरु निराश बनेका छन् । दशकअघि प्रतिकेजी रू. २ हजार ५०० सम्म रहेको अलैंचीको मूल्य अहिले प्रतिकिलो रू. ८०० देखि ९०० को हाराहारीमा छ ।  जिल्लामा विसं २०४१ बाट अलैंची खेती विस्तार भएदेखि किसान यस पेशाप्रति आकर्षित हुँदै आएको छ । विसंं २०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैंची दाना विक्री गरेर किसानले रू. १२ करोड आम्दानी गरेका थिए  ।  यसैगरी विसं २०७५ मा ७५० क्विन्टल अलैंची दानाको विक्रीबाट रू. पाँच करोड २५ लाख र विसं २०७४ मा ६०० क्विन्टल अलैंची दाना विक्रीबाट रू. चार करोड ४८ लाख आम्दानी गरेको थियो ।  जिल्लामा हाल एक हजार ५०० हेक्टर क्षेत्रफल जमिनमा अलैंची खेती हुँदै आए पनि एक हजार २०० हेक्टर क्षेत्रफलमा मात्र उत्पादन हुँदै आएको छ । उक्त परियोजनाले अलैंची जोन पकेट क्षेत्रका रुपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीशहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ ।  सो क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी अलैंची उत्पादन हुने गरेको बताइएको छ । जिल्लाका किसानले कुनै बेला अलैंची दाना प्रतिकिलो रू. दुई हजार २०० सम्ममा विक्री गर्ने गरेका थिए ।  जिल्लामा ७०० मिटरदेखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही, एक हजार २०० मिटरदेखि एक हजार ६०० मिटर उचाईमा गोलशाही तथा १ हजार ६०० देखि २ हजार २०० मिटर उचाईमा रामशाही र भलाङे जातका अलैंची बिरुवा लगाउँदै आएका छन् ।  उचाइअनुसार फरक फरक समयमा अलैंची पाक्ने हुँदा माथिल्लो क्षेत्रमा लगाइएको अलैंची किसानहरूले असोज महीनामा टिप्ने गर्छन् । अलैंची पाकेपछि टिप्न, छोडाउन र सुकाउन व्यस्त हुन्छन्, उनीहरु ।  दिनभर टिप्ने, राती छोडाउने र फेरि भट्टीमा सुकाउनुपर्ने हुँदा अलैंची किसानहरू त्यस समयमा व्यस्त हुने गरेका छन् । व्यवसायिक रूपमा अलैंची खेती गरेका जिल्लाका अधिकांश किसानहरूले सुकाएर मात्रै ग्रेडिङ गरी विक्री गर्ने गरेका छन् । लमजुङको १ हजार २०० मिटरभन्दा माथिल्लो भागमा व्यवसायिक अलैंची खेती हुने गरेको छ । जिल्लामा २० हजारभन्दा बढी कृषकले व्यवसायिक अलैंची खेती गर्दै आएका छन् ।  जिल्लामा लगाइएको अलैंचीका दानाको माग उच्च रहँदै आएको छ । जिल्लामा उत्पादित अलैंचीका दाना भारत हुँदै विभिन्न देशमा पुग्ने गरेको छ । रासस

सम्बन्धित सामग्री

मुगुमा यो वर्ष स्याउ उत्पादनमा कमी आउँदा किसान मर्कामा

मुगु- मुगुमा वर्षातको असिनाका कारण यो वर्ष स्याउ उत्पादनमा कमी आउँदा किसान मर्कामा परेका छन् । चैत–वैशाखमा फक्रिन लागेको स्याउको फूललाई असिना पानीले झार्दा स्याउ उत्पादनमा कमी आएको यहाँको किसानको भनाइ छ । उत्पादनका कमी आएकाले किसानले स्याउको उचित भाउ पनि पाएका छैनन् । त्यसमाथि बिक्रीका लागि लगिएका स्याउहरु नेपालगञ्जमै थन्किएका छन् । मुगुको छायाँनाथ […]

दाङमा यस वर्ष मह उत्पादनमा कमी

काठमाडौँ, ५ वैशाख । दाङमा यो वर्ष मह उत्पादन घटेको छ । मौसमको प्रतिकूल असर, वायु प्रदूषण, वनस्पतिमा फूल नफुलेका कारण यो पटक मह उत्पादनमा कमी आएको हो । यो वर्ष जिल्लामा करिब तीन सय टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लामा करिब चार सय ५० टन मह उत्पादन भएको थियो । पछिल्ला […]

गुल्मीमा धान उत्पादनमा कमी आयो

गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ । गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।सुरुमा खडेरी परेको, फूल खेल्ने बेलामा पानी र हावा लागेको कारण धेरै पोकटो भएको पाइएको छ । धान पाक्ने बेलामा पनि पानी पर्दा धान झरेको कारण यस वर्ष धानखेतीमा कमी आएको केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए । गत वर्षभन्दा यस वर्ष वर्षे धान उत्पादनमा १४ प्रतिशतले कमी आएको उनल

म्याग्दीमा मह उत्पादनमा कमी

गलेश्वर – आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पतिहरु नासिँदै गएपछि पुष्परसको अभाव र विभिन्न किसिमका किरा र रोगको प्रकोपका कारण मौरीलाई आहाराको कमी हुँदा हिमाली जिल्ला म्याग्दीमा मह उत्पादनमा कमी आएको छ । चालु आर्थिक वर्ष २०७८-७९ मा विगतका वर्षको तुलनामा जिल्लाभर यस वर्ष मह उत्पादन घटेको हो । जिल्लाको विभिन्न स्थानमा किसानहरुले गरेको मौरीपालन […]

म्याग्दीमा मह उत्पादनमा कमी

काठमाडौँ,१७ असार । आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पतिहरु नासिँदै गएपछि पुष्परसको अभाव र विभिन्न किसिमका किरा र रोगको प्रकोपका कारण मौरीलाई आहाराको कमी हुँदा हिमाली जिल्ला म्याग्दीमा मह उत्पादनमा कमी आएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा विगतका वर्षको तुलनामा जिल्लाभर यस वर्ष मह उत्पादन घटेको हो । जिल्लाको विभिन्न स्थानमा किसानहरुले गरेको […]

स्याङ्जामा सुन्तला उत्पादनमा कमी

स्याङ्जा- चालु वर्षमा स्याङ्जामा सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष १७ हजार ६ सय ३२ मेट्रिक टन सुन्तला फलेको स्याङ्जामा चालु वर्षमा भने १३ हजार ८ सय ४० मेट्रिक टन मात्रै सुन्तला फलेको छ ।गत वर्षको तुलनामा यस वर्ष ३३ प्रतिशत सुन्तला उत्पादनमा कमी आएको छ ।गत वर्ष १ हजार ६ सय ५५ […]

यस वर्ष फूल उत्पादनमा कमी, माग बढ्यो

काठमाडौँ- कोभिड-१९ को कारण यस वर्ष फूल उत्पादनमा कमी आए पनि माग बढेको छ । कारोना महामारीका कारण यस क्षेत्रका व्यवसायीले विगतका वर्षमा झै लगानी नगरेकाले फूल उत्पादनमा कमी आएको हो । फूल लगाउने समय फागुनदेखि साउनसम्म रहेको र उक्त समयमा कोरोनाको कारण व्यवसायीले लगानी गर्न सकेका थिएनन्, जसको असर फूल उत्पदनमा पनि देखिएको छ, […]

याे वर्ष फूल उत्पादनमा कमी, माग बढ्यो

काठमाण्डाै –  काेराेनाको कारण यस वर्ष फूल उत्पादनमा कमी आए पनि माग बढेको छ । काेरोना महामारीका कारण यस क्षेत्रका व्यवसायीले विगतका वर्षमा झैँ लगानी नगरेकाले फूल उत्पादनमा कमी आएको हो । फूल लगाउने समय फागुनदेखि साउनसम्म रहेको र उक्त समयमा कोरोनाको कारण व्यवसायीले लगानी गर्न सकेका थिएनन्, जसको असर फूल उत्पादनमा पनि देखिएको छ, फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो ।  “यस वर्ष बजार माग बढेको छ”, तामाङले भन्नुभयो, “माग बढी र उत्पादन कम भएपछि यस व...

बीउ उत्पादनमा कमी

रुकुम पश्चिमको तरकारी बीउ उत्पादन केन्द्र चापाले गत आर्थिक वर्ष २०७७-०७८ मा बीउ उत्पादनमा कमी आएको बताएको छ । तरकारी बीउबाली अन्तरगत मुल तथा उन्नत बीउ उत्पादनमा कमी आएको हो ।केन्द्रका प्रमुख किशोरमान श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा एक हजार ६६ किलोग्राम मुल बीउ उत्पादन गर्ने लक्ष्य रहेकोमा ८ सय ८० किलोग्राम बीउ उत्पादन गरिएको […]