लुम्बिनी–कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति

काठमाडौं, २ जेठ । भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीबीच नेपालको लुम्बिनी र भारतको कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति भएको छ । ६ घण्टाको लागि नेपालको लुम्बिनी भ्रमणका रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच यस्तो सहमति भएको हो । आज (सोमबार) लुम्बिनीमा भएको भेटवार्तामा यस्तो सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मोदी […]

सम्बन्धित सामग्री

भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच सहयोग आदानप्रदान

भरतपुर महानगरपालिका र चीनको सिगात्से सहर सहरबीच एकापसमा सहयोग आदानप्रदान गर्ने दुईपक्षीय सहमति भएको छ । ती दुई सहरका बीचमा भगिनी सम्बन्ध कायम रहेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र सिगात्से सहर मेयर वाड्ग फड्ग हुड्ग बीच दुई पक्षीय सहमति भएको हो । दुई सहरबीच एकापसमा सहयोग आदनप्रदान गर्दै यहाँका जनताको बीचमा सुमधुर …

लुम्बिनी र कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति

नेपाल र भारतका प्रधानमन्त्रीले लुम्बिनी र कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज लुम्बिनीमा भएको वार्तामा यो सहमति भएको...

शहीद लखन र गण्डकी गाउँपालिकाबिच भगिनी सम्बन्ध

गोरखा । गोरखाका दुई गाउँपालिकाबिच भगिनी सम्बन्ध स्थापना भएको छ । जिल्लाको शहीद लखन र गण्डकी गाउँपालिकाबिच विभिन्न क्षेत्रमा सहयोग र सहकार्य गर्ने सहमति गर्दै भगिनी सम्बन्ध स्थापना भएको शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए । भौगोलिक हिसाबले सिमाना जोडिएको र सहकार्य तथा समन्वय गरेर अघि बढ्दा विकास निर्माणमा समेत सजिलो हुने भएकाले […]

भगिनी सम्बन्धमा गाँसिए महासंघ र ग्रेटर न्युयोर्क चेम्बर

विराटनगर (अस) । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्रेटर न्युयोर्क चेम्बर अफ कमर्सबीच भगिनी सम्बन्ध स्थापनाका लागि सम्झौतामा हस्ताक्षर भएको छ । भगिनी सम्बन्धमा दुवै पक्षले व्यापारिक समझदारी, व्यापारिक समुदायको कानुनी दायराभित्र रही आपसी सम्बन्ध कायम गर्न प्रोत्साहन गर्ने, व्यापारिक प्रतिनिधि, विज्ञ, आर्थिक सल्लाह र सुझाव आदान–प्रदानलाई प्रोत्साहन गर्ने, संघका सदस्यबीच सहज वातावरण, आर्थिक तथा व्यापारिक सूचना एंव तथ्यांक प्रवाह गरी सम्झौता तथा संयुक्त परियोजना सञ्चालनमा सहयोग गर्ने उल्लेख छ । आर्थिक नीति नियम, प्रकाशन, पत्रपत्रिका एवं व्यापारिक गतिविधि आदान–प्रदान, मेला, गोष्ठी, सेमिनार तथा अन्य कार्यक्रम आयोजना, सदस्यबीच प्राविधिक विशेषज्ञतालगायत बुँदामा सहमति भएको छ । उद्योग वाणिज्य महासंघ उपाध्यक्ष राजेन्द्र राउत र ग्रेटर चेम्बर अफ कमर्स न्युयोर्कका अध्यक्ष मार्क जाफीबीच भएको उक्त सम्झौतामा  ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्स, न्युयोर्क, अमेरिकन बिजनेस अफेयर्स अमिरप्रताप साहले हस्ताक्षर गरे  । ग्रेटर न्युयोर्क चेम्बर अफ कमर्स, न्युयोर्क अमेरिकाले सेम्टेम्बर २०, २०१९ मा आयोजना गरेको २० औं वार्षिक कन्फरेन्स तथा एक्स्पोमा महासंघ उपाध्यक्ष  राउत र निवर्तमान अध्यक्ष नरेन्द्रकुमार खड्का सहभागी थिए ।

कामपाद्वारा भोटेचौर पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति

मेलम्ची नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको निर्माणाधीन ग्रिनसिटी उद्यान गत असार १ गते आएको मेलम्ची इन्द्रावती बाढीले बगाएपछि अहिले बगरमा परिणत भएको छ । काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरी महानगरकै सहयोगमा निर्माण हुन लागेको सो उद्यान बाढीले बगाएपछि अहिले उद्यानमा गर्ने लगानी महानगरले मेलम्ची–१ भोटेचौरको पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरेको छ।

काठमाडौँ महानगरपालिकाद्वारा भोटेचौर पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति

मेलम्ची नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको निर्माणाधीन ग्रिनसिटी उद्यान गत असार १ गते आएको मेलम्ची इन्द्रावती बाढीले बगाएपछि अहिले बगरमा परिणत भएको छ । काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरी महानगरकै सहयोगमा निर्माण हुन लागेको सो उद्यान बाढीले बगाएपछि अहिले उद्यानमा गर्ने लगानी महानगरले मेलम्ची–१ भोटेचौरको पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरेको छ।महानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत बजेटअन्तर्गत नगर साझेदारी कार्यक्रम अन्तर्गत पूर्वाधार निर्माण

चन्द्रागिरि र कोरियाका दुई नगरबीच भगिनी सम्बन्ध कायम हुने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले दक्षिण कोरियाको दुई नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने भएको छ । साथै मौसमी कामदार, कृषि प्रविधि, सांस्कृतिक, ऐतिहासिक तथा अन्य विषयमा अनुभव आदानप्रदान पनि हुने भएको छ ।   नगरप्रमुख घनश्याम गिरी र नेपाल सांस्कृतिक केन्द्र कोरियाका संस्थापक ह्वाई क्यु होबीच शुक्रबार सम्पन्न द्विपक्षीय भेटघाटमा ती विषयमा सहमति...

चन्द्रागिरि र कोरियाका दुई नगरबीच भगिनी सम्बन्ध कायम हुने

चन्द्रागिरि नगरपालिकाले दक्षिण कोरियाको दुई नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने भएको छ । साथै मौसमी कामदार, कृषि प्रविधि, सांस्कृतिक, ऐतिहासिक तथा अन्य विषयमा अनुभव आदानप्रदान पनि हुने भएको छ । नगरप्रमुख घनश्याम गिरी र नेपाल सांस्कृतिक केन्द्र कोरियाका संस्थापक ह्वाई क्यु होबीच शुक्रबार यहाँ सम्पन्न द्विपक्षीय भेटघाटमा ती विषयमा सहमति भएको हो ।  कोरियाको न्याय मन्त्रालयसँगको समन्वयमा भगिनी सम्बन्ध अगाडि बढाइने भएको छ । सो अवसरमा नगरप्रमुख गिरीले आफ्नो कार्यकालमा समृद्ध चन्द्रागि

सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज

विराटनगर । प्रदेश १ का तत्कालीन मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले गठन गरेको प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरिएको छ । केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारले बनाएका दुवै संरचना खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ खारेज गर्ने नियमावली स्वीकृति प्रदान गरेको छ । यो निर्णयसँगै बोर्डका उपाध्यक्ष फणीन्द्र अधिकारी समेत सबै सदस्य स्वतः पदमुक्त भएका छन् । यसैगरी प्रादेशिक सञ्चार प्रतिष्ठान गठन, सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ तथा सो अन्तर्गत गठन भएको प्रादेशिक सञ्चार प्रतिष्ठान समेत खारेज गर्ने निर्णय गरेको छ । बैठकले प्रतिष्ठानको चल–अचल सम्पत्ति अधिकार र दायित्व आन्तरिक मामिला तथा कानून मन्त्रालयको हुने निर्णयसमेत गरेको छ । नेपाल पत्रकार महासंघले शुरुआतदेखि नै मन्त्री अध्यक्ष रहनेगरी गठन गरेको प्रतिष्ठानको संरचना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्धनमा बाधक हुने भन्दै विरोध र असहमति प्रकट गर्दै आएको थियो । प्रतिष्ठान खारेज भएसँगै कार्यकारी निर्देशकमा नियुक्त भएका यज्ञप्रसाद शर्मासहित सबै सदस्यहरू स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम सञ्चालन नियमावली २०७८ तथा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन २०७८ खारेज गर्ने नियमावली स्वीकृत गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए । बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली तयारीका लागि आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ । कार्यदलमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली र मुख्यमन्त्री कार्यालयका कानून सचिव किशोरकुमार चौधरी सदस्य छन् । बैठकले झापाको कन्काई नगरपालिका र दक्षिण कोरियाको गेहेयंगुन र यांगु काउन्टीबीच भगिनी सम्बन्ध कायम गर्ने सहमति प्रदान गरेको छ ।