वीरगन्ज महानगरपालिकाको प्रमुखमा निर्वाचित भएकै दिन मतगणना स्थलमा आयोजित पत्रकार सम्मेलनमा विजयकुमार सरावगीले आफूसँग ‘भगवान्’ ले दिएको सबैथोक भएकाले केही सेवा–सुविधा नलिने घोषणा गरेका थिए । व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका सरावगीले गाडी सुविधा पनि नलिने घोषणा गरेका थिए तर निर्वाचित भएको करिब एक वर्षपछि १ करोड ४५ लाख रुपैयाँको पजेरो खरिद गरे ।