माछापालन र कृषितिर लागे ज्याक मा

प्रविधि उद्योग सञ्चालनमा ख्यातीप्राप्त चिनियाँ धनाढ्य ज्याक मा हिजोआज कृषिसम्बन्धी परियोजनाहरूमा संलग्न छन् । ई-कमर्स जायन्ट अलिबाबाका सहसंस्थापक उनी पछिल्ला केही वर्षयता कृषि-प्रविधिसम्बन्धी अध्ययनमा जुटेका छन् । अहिले सेवा निवृत्त जीवन बाँचिरहँदा उनले एग्रो-टेक स्टार्टअपमा लगानी गरेको पाइएको छ ।