पशुपति क्षेत्रका सबै मन्दिर आजदेखि बन्द

वैशाख १०, काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आज (शुक्रवार)देखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीवार दिउँसो गरेको थियो ।  विभिन्न स्थानमा सूचना टाँस गरी मन्दिर बन्द गरिएको जानकारी गराइएको थियो । सूचना थाहा नपाएका केही भक्तजन शुक्रवार बिहानै मन्दिर पुगेका थिए । केही नित्य दर्शनार्थी पनि पशुपतिनाथ परिसर पुगेकोमा सुरक्षाकर्मीले फर्काएपछि बाहिरबाटै दर्शन गरेर फर्केका छन् । मन्दिरका ढोका नै बन्द गरी पशुपति क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको कोषले जानकारी दिएको छ । पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए ।  विश्वभर फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषले बिहीवार जारी गरेको सूचनामा उल्लेख छ । सोही ऐनको दफा ४ ले दिएको अधिकार प्रयोग गरी अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिर बन्द गरिने उनले बताए । पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ ।  यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ । गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान छ बजेदेखि १ बजेसम्म भक्तजनका लागि खुला गरिएको थियो । विशेष पूजा भने महाशिवरात्रिका अवसरमा फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो ।  मन्दिर भने महाशिवरात्रिका अवसरमा फागुन २७ गतेदेखि मात्र साविक बमोजिम नै पूरा समय खुला गरिएको थियो । अन्य क्षेत्र खुला गरिँदासमेत पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा भक्तजनलाई प्रवेश नदिइएको भन्दै विश्व हिन्दू महासंघलगायत संघ संस्थाले विरोधसमेत जानकारी दिएका थिए । मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आम मानिसमा आह्वान गरेको छ । घाट सेवामा आउने सबैलाई अनिवार्यरूपमा मास्क लगाई स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले आह्वान गरेको छ । पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएपछि भेटीघाटीबाट कोषलाई हुने आम्दानी पनि बन्द हुने भएको छ । पशुपति क्षेत्रमा गत वर्षदेखि नै विदेशी पर्यटक आएका छैनन् । विसं २०७६ चैतदेखि पशुपति क्षेत्रका सबै पर्यटक टिकट काउन्टर बन्द छन् । कोरोनाका कारण पर्यटक आउन छाडेपछि पर्यटक गाइड तथा पर्यटकका लागि लक्ष्य गरी विभिन्न सामग्रीको व्यापार व्यवसाय गरेकाहरुसमेत मर्कामा परेका छन् । रासस

सम्बन्धित सामग्री

टिकट बुकिङ आजदेखि

दसैंमा घर फर्किनेहरूलाई लक्षित गर्दै पोखरामा आजदेखि गाडीको टिकट बुकिङ खुला हुने भएको छ।

ग्रिनल्यान्ड बास्केटबल आजदेखि

ग्रिनल्यान्ड माविको आयोजनामा १७औं क्विक्स–ग्रिनल्यान्ड अन्तरवद्यालय बास्केटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ।...

ग्रिनल्यान्ड बास्केटबल आजदेखि

ग्रिनल्यान्ड माविको आयोजनामा १७औं क्विक्स–ग्रिनल्यान्ड अन्तरवद्यालय बास्केटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ।...

नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द

आजदेखि एक महिना दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी...

एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि

काठमाडौँ । चीनमा आयोजना हुने १९ औँ संस्करणको एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । आजदेखि महिला फुटबलसहित २३ खेलका खेलाडीको प्रशिक्षण सुरु गर्ने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ । आजदेखि सुरु हुने प्रशिक्षणका लागि राखेपले हिजो ४० जना महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको थियो । नेपालबाट एसियन खेलमा २३ वटा […]

आजदेखि लाइसेन्सका लागि नयाँ आवेदन बन्द

काठमाण्डाै - सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि नयाँ आवेदन आजदेखि बन्द भएको छ । यातायात व्यवस्था विभागले हिजो सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि आजदेखि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ । अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गरिएको विभागले जनाएको छ । लाइसेन्सका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरूलाई दुई वर्षपछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ । कोरोना महामारीका कारण लामो समय लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेहरूको चाप बढेक...

आजदेखि एक हप्तासम्म देशभरि मास्क अभियान

आजदेखि देशभर मास्क अभियान सुरु हुँदैछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुक्रवारसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो।

आजदेखि खुल्यो पोखराको निषेधाज्ञा

काठमाडौं। गण्डकी प्रदेशको राजधानी पोखराको निषेधाज्ञा आजदेखि खुलेको छ। कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि वैशाख दोस्रो सातादेखि लागू भएको निषेधाज्ञा आजदेखि पूर्णरुपमा खुलेको हो। आजदेखि महानगरपालिकाको सम्पूर्ण सेवा सञ्चालनमा आउने बताइएको छ। महानगर भित्रका ३३ वटै वडा कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै सेवा सञ्चालन गर्ने भएका हुन्।