रामजनम चौधरी : विरासत फर्काउने चुनौती

२०७४ को चुनाव हारेपछि जोशीपुरमै रिसोर्ट खोलेर पर्यटन व्यवसायमा लागेका उनी राजनीतिबाट अलग हुन भने सकेनन् । परिणाम, उनी सातौं पटक कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । यसपटक कांग्रेसबाट चुनावी मैदानमा आएका उनलाई सत्ता गठबन्धनको बलियो साथ पनि छ ।

सम्बन्धित सामग्री

देउवाको रामजनमलाई प्रश्न : तपाईँ अझै युवकै हुनुहुन्छ ?

७ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य रामजनम चौधरी बोलिरहँदा ‘तपाईँ अहिलेसम्म युवकै हुनुहुन्छ ?’ भनि प्रश्न गरेका छन् । केन्द्रीय समितिको जारी बैठकमा बोल्ने क्रममा चौधरीले युवाहरु विदेश पलाएन भइरहेको बताएका थिए । ‘अर्थतन्त्र ध्वस्त भइसकेको छ । युवा आकर्षण गर्ने पार्टीले कार्यक्रम सञ्चालन गनुपर्‍यो,’ चौधरीले भने, ‘अर्थतन्त्रलाई सुधारन्मुख गर्नका […]

पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरी पराजित, रञ्जिता श्रेष्ठ निर्वाचित

कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छन्। उनले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरेकी हुन्।

कैलाली–१ को संकेत : रामजनम र रञ्जिताको कडा प्रतिस्पर्धा

४ मंसिर, धनगढी । कैलाली–१ मा सत्तारुढ गठबन्धन र नागरिक उन्मुक्ति पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । आइतबार मतदान गरेपछि मतदातासँगको कुराकानीका आधारमा सत्तारुढ गठबन्धनको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरी र नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखाएको छ । क्षेत्र नम्बर १ का ९ वटा मतदान केन्द्रमा करिब दुई […]

काँग्रेसले कैलाली क्षेत्र नं. १ मा थारु हेभिवेट अघि सार्ने

काँग्रेसले पूर्वमन्त्री रामजनम चौधरी र सभासद बुद्धिसागर चौधरी मध्ये एकजनालाई अघि सार्ने भएको छ। चौधरीद्वय थारु समुदायबाट काँग्रेसका हेभिवेट उम्मेदवार हुन्।...

कांग्रेसका रामजनम चौधरी ‘डेन्जर जोन’मा उम्मेदवार बन्ने

पछिल्लो ५ वर्ष गुमनाम रहेका तर त्यसअघि निरन्तर २२ वर्ष सत्ता र सरकारको वरिपरि रहेका कांग्रेस नेता रामजनम चौधरी आसन्न निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तरखरमा छन् । सो क्षेत्रमा यसअघि तत्कालीन राजपा नेपालबाट रेशम चौधरी निर्वाचित भएका थिए ।गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सो क्षेत्र अन्तर्गतका पालिकामा रेशम चौधरीकै दल नागरिक उन्मुक्ति पार्टीले शानदार जित हासिल गरेको छ । त्यसैले उक्त क्षेत्र अन्य दलका लागि ‘डेन्जर जोन’ मानिएको छ ।२०४८ सालपछि अनवरत संसद् भवन भ

थारु क्लष्टरका चारै सदस्यमा देउवा प्यानलका उम्मेद्वार विजयी

काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय सदस्यको थारु क्लष्टरतर्फको चार सदस्यमा पनि सभापति शेरबहादुर देउवा प्यानलका उम्मेद्वार विजयी भएका छन्। थारु क्लष्टरको खुला र महिला दुबैमा देउवा प्यानल हाबी भएको हो।  खाुलातर्फ योगेन्द्र चौधरी र रामजनम चौधरी विजयी भएका छन्। दुबै विजय गच्छदार नेतृत्वको फोरमबाट कांग्रेसमा आएका हुन्। योगेन्द्रले २१९८ मत पाएका छन्।…

गाउँपालिकाको बेथितिविरुद्ध १० बुँदे मागसहित एक युवा अनशनमा

२३ मंसिर, वीरगञ्ज। पर्साको पटेर्वासुगौली गाउँपालिकामा देखिएको बेथितिविरुद्ध एक युवक तीन दिनदेखि आमरण अनशनमा छन् । पटेर्वासुगौली–३ बस्ने रामजनम चौधरी अमरण अनशनमा बसेका हुन् । गाउँपालिकामा अनियमितता, बेथिति र कु-शासन बढेको भन्दै त्यसको विरुद्धमा फरहदवास्थित गाउँपालका कार्यालय अगाडि उनी तीनदिनदेखि आमरण अनशनमा छन् । मंसिर १५ गतेदेखि १९ गतेसम्म धर्नामा बस्दा समेत माग सम्बोधन नभएपछि […]

बल्लतल्ल आधा सिलिन्डरको जोहो, अक्सिजन पाउनै मुस्किल

२० वैशाख, धनगढी । वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पताल भर्ना भएका पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी दम्पतीले अक्सिजन नपाउँदा उपचारमा समस्या भोग्नुपर्‍यो । उनले धनगढीकै सारथी अस्पतालबाट १० हजार रुपैयाँ धरौटी राखेर एक सिलिन्डर अक्सिजनको जोहो गरेको सुनाए । सेती अस्पतालमा अक्सिजनको चरम अभाव सिर्जना भइसकेकाले जोहो गर्न सम्बन्धित […]