ब्राजिलमा गत हप्तादेखिको निरन्तर वर्षा र बाढी कारण मृत्यु हुनेको संख्या बिहीबारसम्म १२६ पुगेको छ भने अझै केही बेपत्ता छन् । वर्षाबाट कम्तिमा पनि ९ हजार ३०० जना व्यक्ति विस्थापित भएका छन् भने बाढी र पहिरोमा परेर सयौँ घर भासिएका छन् । वर्षाको बढी प्रभाव परेको उत्तरपूर्वी पर्नाम्बु राज्यका २० भन्दा बढी नगरपालिकाले आपतकालीन घोषणा गरेका छन्।