सहमतीबिना औषधि उद्योग स्थापना गर्न लगिएपछि पनौती तनावग्रस्त

काभ्रे । पनौती नगरपालिका–६ रातोमाटे क्षेत्र तनावग्रस्त बनेको छ । स्थानीयको सहमतिबिना नै औषधि उद्योग स्थापना गर्न लागिएको भन्दै स्थानीयले विरोध गर्दा रातोमाटे क्षेत्र तनावग्रस्त बनेको हो । उद्योगले सहमति बिना संरचना निर्माणका लागि शिलान्यास गर्न खोजेपछि स्थानीयले त्यसलाई रोक्न खोज्दा झडपको स्थिति बनेको हो । आफूहरुसँग छलफल चलिरहेको मौका छोपेर उद्योगले भवन शिलान्यास गर्न […]

सम्बन्धित सामग्री

औषधिमा आत्मनिर्भरताका उपाय

खाद्यान्न, हतियार, ऊर्जा उद्योगजस्तै औषधि उद्योग पनि राष्ट्रिय सुरक्षाको अभिन्न अंगका रूपमा रहेको हुन्छ । यसैले हरेक देशले यस क्षेत्रमा आफूलाई आत्मनिर्भर बनाउन प्रयास गरिरहेका हुन्छन् । यही उद्देश्यलाई दृष्टिगत गर्दै नेपालले सिंहदरबार वैद्यखाना र शाही औषधि लिमिटेड (हाल नेपाल औषधि लिमिटेड) स्थापना गरेको हो । औषधिमा नेपाललाई आत्मनिर्भर बनाउने नेपालको मूल नीतिमा पनि परेको छ । वर्तमान समयमा निजीक्षेत्रका उद्योगहरू नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने योजनामा सक्रिय रहेको पाइन्छ । नेपाल सरकार पनि औषधि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाई निर्यातयोग्य वस्तुका रूपमा विकास गर्ने दिशामा क्रियाशील रहेको छ । तैपनि, नेपालमा औषधिजन्य उत्पादनको आयात हरेक वर्ष वृद्धि भइरहेको छ । एकीकृत पहुँचको कमी तथा लागतजन्य सरोकारप्रति अनदेखीका कारण यो अवस्था सृजना हुन गएको हो । नेपालमा औषधि उद्योगको जग बसाल्दै यस क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन देहायका क्षेत्रमा विशेष पहल हुन जरुरी छ । यसका लागि औषधि क्षेत्रको विकासमा विशेष गुरुयोजना बनाई लागू गर्न जरुरी छ । यसको थालनी औषधि क्षेत्र विशेष योजना नामक एकद्वार प्रणालीको स्थापनाबाट हुनुपर्छ । सरकारी–निजी साझेदारी मोडलमा औषधि उद्योग विकास बोर्डअन्तर्गत औषधि उद्योगका लागि आवश्यक नीतिगत, नियन्त्रणात्मक, नियामक, संरक्षणात्मक, प्रवर्द्धनात्मक र प्रोत्साहनात्मक कार्यहरू सञ्चालन हुने छिटोछरितोको खालको कार्यान्वयन निकाय आवश्यक देखिन्छ । औषधि उद्योगको समग्र विकासका लागि आवश्यक क्रियाकलापहरू सञ्चालन गर्न स्थायी आय आर्जन हुने प्रकृतिको औषधि उद्योग विकास कोषको स्थापना हुन जरुरी छ ताकि यस क्षेत्रमा पूँजीको अभावका कारण कार्यहरू शुरू गर्न र सम्पन्न गर्न व्यवधानहरू आउन नसकुन् । औषधि उद्योगको समग्र विकासका लागि चिकित्सा उद्योग कोरिडोरको स्थापना हुन पनि जरुरी छ । औषधि उद्योग, औषधि उद्योगका सहायक उद्योग, चिकित्सा क्षेत्रसँग सम्बन्धित गैरऔषधिजन्य उत्पादनहरू अनुसन्धान र विकाससम्बन्धी अनुसन्धान केन्द्र जस्ता सबै सुविधा एकै क्षेत्रमा स्थापना हुन सक्ने ढाँचामा चिकित्सा उद्योग कोरिडोरको स्थापना हुनुपर्छ । जडीबुटी प्रशोधन, कच्चापदार्थ उत्पादन, आयुर्वेदिक र आधुनिक औषधि उत्पादन चिकित्सा उपकरण उद्योग स्थापना, संवेष्टन उत्पादन उद्योग, बोटल उद्योग, तथा चिकित्सा सम्बद्ध उद्योगहरू (चिकित्सीय फर्निचर, मास्क, ग्लोब, पहिरन) को स्थापना एकै कोरिडोरबाट हुने व्यवस्था हुन अति जरुरी छ । यसले चिकित्सा क्षेत्रका सबै उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउन एकआपसमा सहयोग पुग्ने देखिन्छ । नेपाली औषधि उद्योग र सम्बद्ध उद्योगको विकासमा मूल्य पक्षले पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । नेपाली उत्पादनको लागत वृद्धि हुनुमा प्रमुख कारण भूपरिवेष्टित मुुलुकका कारण तटवर्ती देशका तुलनामा महँगो ढुवानी खर्च पनि एक रहेको छ । त्यसैले औषधि उद्योगले गर्ने आयात र निर्यातमा नेपाली सिमानादेखि समुद्री बन्दरगाहसम्म लाग्ने ढुवानी खर्चमा सरकारको अनुदान आवश्यक देखिन्छ । हाम्रो आन्तरिक नीतिका कारण महँगो हुन गएको नेपालको आन्तरिक ढुवानीको पक्षलाई सम्बोधन गरी नेपालको ढुवानी भारतको ढुवानीसरह बनाउन अनुदानको व्यवस्था हुन जरुरी छ । यी दुईओटा पक्षलाई सम्बोधन हुनासाथ नेपाली औषधिजन्य उत्पादनहरू कम्तीमा भारतीय उत्पादनसँग एक हदसम्म प्रतिस्पर्धा गर्न सक्षम हुने देखिन्छ । उत्पादनको आयतनले पनि मूल्यमा प्रभाव पारिहेको देखिन्छ । ठूलो परिमाणमा उत्पादन गर्ने भारतीय उत्पादनको तुलनामा साना आकारका नेपाली उद्योगको उत्पादन यही कारणले पनि महँगो पर्न जाने हुन्छ । यस पक्षलाई सम्बोधन गर्न औषधि उद्योग क्षेत्रलाई आयकरमा समेत छूटको व्यवस्था हुन जरुरी छ । उद्योग स्थापनाका लागि नि:शुल्क जग्गा प्रदान, उद्योगलाई चाहिने आवश्यक ऊर्जा सहुलियत दरमा उपलब्ध गराउने व्यवस्थाले पनि नेपाली औषधि उत्पादनको लागत न्यून गर्न थप भूमिका खेल्ने निश्चित छ । औषधि तथा औषधिजन्य उद्योगका लागि आवश्यक जनशक्तिको विकास तथा क्षमता अभिवृद्धिमा पनि सरकारबाट हरेक उद्योगलाई कोटा निर्धारण गरी एकमुष्ट जनशक्ति विकासका लागि प्रतिव्यक्तिका दरले वार्षिक रूपमा आर्थिक सहयोग उपलब्ध गराउन जरुरी छ । सरकारले नि:शुल्क रूपमा तालीम सञ्चालन गर्ने व्यवस्था पनि समानान्तर रूपमा गर्दा औषधि उद्योगलाई आवश्यक पर्ने जगेडा जनशक्ति उपलब्ध भई यस क्षेत्रमा जनशक्ति अनिश्चितताको समस्या पनि हल हुन्छ र उद्योगको अतिरिक्त भार कम भई उत्पादन लागत कम हुने देखिन्छ । औषधि उद्योगमा कार्यरत जनशक्तिको सामाजिक सुरक्षाका क्षेत्रमा सरकारको योगदान आवश्यक देखिन्छ । सञ्चयकोष, नागरिक लगानी कोष, बीमा, सन्तान शैक्षिक छात्रवृत्ति, निवृत्तिभरण कोष आदिमा प्रतिजनशक्ति सरकारको निश्चित अंश योगदानका रूपमा रहँदा त्यसले औषधि उद्योगको खर्च भार घट्न गई उत्पादन लागत कम हुने देखिन्छ । नेपाली औषधिजन्य उद्योगहरूलाई राष्ट्रिय फर्मा प्रदर्शनी आयोजना गर्न सरकारबाट यथेष्ट सहयोग हुन जरुरी छ । यस व्यवस्थाले नेपाली औषधि उद्योगको ब्रान्ड स्थापना गर्न समेत सहयोग पुग्ने देखिन्छ । यस्तै अन्तरराष्ट्रिय फर्मा फेयरमा नेपाली औषधि उत्पादक कम्पनीहरूलाई सहभागी गराउन र बिटुबी सम्मेलन आयोजना गर्नमा पनि सरकारका तर्फबाट आर्थिक सहयोग आवश्यक छ । विदेशी आयातकर्तालाई नेपाल आमन्त्रण गरी नेपाली औषधि उद्योगको निरीक्षण तथा स्वदेशमै बिटुबी बैठक आयोजना गर्न पनि सरकारको तर्फबाट सहयोगको खाँचो देखिएको छ । यसरी एकीकृत पहुँचमा उपर्युक्त व्यवस्थाहरू गर्ने हो भने छोटो समयमा नै नेपाल अधिकांश औषधि, औषधिजन्य उत्पादन, औषधिजन्य उत्पादनका लागि आवश्यक पर्ने वस्तुहरू उत्पादन उद्योग र चिकित्सा सामग्री उत्पादन उद्योगमा आत्मनिर्भर हुन जान्छ । औषधिहरू विदेश निर्यात गर्न सक्ने पनि सम्भावना देखिएको छ । यसलाई सफल बनाउन नेपाल सरकार, निजीक्षेत्र, विश्वविद्यालय र अनुसन्धानमूलक संस्थाका प्रयोगशालाहरूबीच सहयोग तथा सहकार्य हुन जरुरी छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

कठिन छ नयाँ औषधि उद्योग स्थापना गर्न

एकातिरबाट जनगुनासो के पनि छ भने, सबै नयाँ उद्योग एकै थरिका औषधि ल्याउनमानै व्यस्त छन, तर यथार्थमा नयाँमा हात हाल्नु भनेको पुर्ण सहयोग नपाउनु पनि हो भन्ने बुझाई पनि हामी बिच विद्यमान छ ।

कठिन छ नयाँ औषधि उद्योग स्थापना गर्न

एकातिरबाट जनगुनासो के पनि छ भने, सबै नयाँ उद्योग एकै थरिका औषधि ल्याउनमानै व्यस्त छन, तर यथार्थमा नयाँमा हात हाल्नु भनेको पुर्ण सहयोग नपाउनु पनि हो भन्ने बुझाई पनि हामी बिच विद्यमान छ ।

थप दश उद्योगलाई अनुमति

नेपालमा एक अर्ब ३ करोड रुपैयाँको लगानीमा थप दश औषधि उद्योग स्थापना हुने भएका छन् । गत आर्थिक वर्षमा औषधि विभागले दश औषधि उद्योगलाई उत्पादनको अनुज्ञापत्र दिएको छ । औषधि उत्पादनको अनुमति पाएका उद्योगहरूमध्ये तीन आयुर्वेदिक र सात एलोप्याथिक छन् । गत आर्थिक वर्षमा विभागबाट अनुज्ञापत्र लिने उद्योगको संख्या अघिल्लो वर्षको तुलनामा घटेका छ । आर्थिक वर्ष २०६५/६६ मा विभागबाट २४ कम्पनीले औषधि उद्योग स्थापनाको अनुमति लिएका थिए । त्यसमध्ये ९१ करोड रुपैयाँको बृहद लगानीमा स्थापित आर्या पेटेन्ट्सले औषधि उत्पादन सुरु गरिसकेको छ । विभागबाट अनुमति लिनेमध्ये सोपान फर्मास्युटिकल्स प्रालिले ४१ करोड ५१ लाख रुपैयाँको लागतमा नवलपरासीमा औषधि उद्योग स्थापना गर्ने भएको छ । फर्मास्युटिकल्सका सञ्चालक कमल पौडेलका अनुसार उद्योग विभागबाट स्थापनाको स्वीकृति हुने बित्तिकै कम्पनीले उद्योग स्थापनाको काम शुरु गर्नेछ । त्यस्तै, ललितपुरमा स्थापना हुने जेनिथ रिभेनिज प्रालिले पनि पूर्वधार निर्माणको तयारी गरेको छ । चितवनको ग्लासियर फर्मास्युटिकल्स प्रालिले भने पूर्वाधार निर्माणको काम सुरु भइसकेको बताएको छ । उद्योगले डेढ वर्षभित्र आफ्ना उत्पादनहरू बजारमा ल्याउने तयारी गरेको सञ्चालक शेखर श्रेष्ठले बताए । ललितपुरमा स्थापना हुने रोडोडेन्ड्रम ब्रोटेक प्रालिले भने ओआरएस लगायतका पाउडरको निर्माण गर्ने सञ्चालक अरुणकुमार चौधरीले जानकारी दिए । वर्ष ५, अंक ४८, २०६७, साउन १७–२३

४० करोडको लगानीमा औषधि उद्योग स्थापना हुँदै

दमौली । तनहुँको व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्विटिकल्स प्रालिले  औषधि उद्योग स्थापना गर्ने भएको छ

४० करोड लगानीमा सेवरमा औषधि उद्योग स्थापना हुँदै

दमौली । तनहुँको व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्वीटिकल्स प्रालिले औषधि उद्योग स्थापना गर्ने भएको छ । सो प्रालिका अध्यक्ष कालीदास पौडेलले रु ४० करोडको लागतमा उद्योग स्थापना गर्न लागेको जानकारी दिए । उनका अनुसार भवन दुई वर्षभित्रमा सम्पन्न हुनेछ । ४८ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले सोही भवनबाट पूर्णरुपमा औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ । …

तनहुँमा औषधि कारखाना खोल्दै पोखराको व्यवसायिक समुह, प्रारम्भिक लगानी ४० करोड

दमौली। पोखरा फर्मास्युटिकल्स प्रालिले तनहुँको व्यास नगरपालिका-१० सेवरमा औषधि उद्योग स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ। प्रालिका

४० करोड लगानीमा सेवरमा औषधि उद्योग स्थापना हुँदै

तनहुँ- तनहुँको व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्विटिकल्स प्रालिले औषधि उद्योग स्थापना गर्ने भएको छ।    सो प्रालिका अध्यक्ष कालीदास पौडेलले रु ४० करोडको लागतमा उद्योग...

व्यास नगरपालिकामा खुल्दै ३० प्रकारको औषधि उत्पादन गर्ने उद्योग

तनहुँ : व्यास नगरपालिका–१० उपल्लो सेवरमा औषधि उद्योग स्थापना गरिने भएको छ। ३० प्रकारको औषधि उत्पादन गर्ने उद्देश्यले पोखरा फर्मास्वीटिकल्स प्रालिले व्यास नगरपालिका–१० उपल्लो सेवरमा उद्योगको भवनको बुधबार शिलान्यास गरेको छ। बन्न लागेको औषधि उद्योगले एलोप्याथिक औषधि उत्पादन गर्ने लक्ष्य लिएको पोखरा फर्मास्वीटिकल्स प्रालिका अ...