व्यास नगरपालिकामा खुल्दै ३० प्रकारको औषधि उत्पादन गर्ने उद्योग

तनहुँ : व्यास नगरपालिका–१० उपल्लो सेवरमा औषधि उद्योग स्थापना गरिने भएको छ। ३० प्रकारको औषधि उत्पादन गर्ने उद्देश्यले पोखरा फर्मास्वीटिकल्स प्रालिले व्यास नगरपालिका–१० उपल्लो सेवरमा उद्योगको भवनको बुधबार शिलान्यास गरेको छ। बन्न लागेको औषधि उद्योगले एलोप्याथिक औषधि उत्पादन गर्ने लक्ष्य लिएको पोखरा फर्मास्वीटिकल्स प्रालिका अ...

सम्बन्धित सामग्री

औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]

हामी औषधि उद्योगीलाई पनि गाह्रो परेको छ। औषधिको मागका कारण भन्दा पनि पैसाको रोटेसनका कारण साइकल गडबड भएको छ। यो परिस्थितिमा पनि हामीले आफ्नो तर्फबाट निरन्तर औषधि उत्पादन र बजार पठाउने काम  गरिरहेकै छौं।   मन्दीमा पनि उपचार गर्नैपर्छ। औषधि खानैपर्छ। त्यसैले अन्य उद्योग भन्दा यहाँ कम असर परेका होला भन्ने आम अनुमान देखिन्छ त!

औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्दै

औषधी लिमिटेडको उत्पादन क्षमता विस्तारका हाललाई २० प्रकारका औषधि उत्पादन र बिक्री वितरण गर्न अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच समझदारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सुझावसमेत दिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ

आफैं बिरामी छ सिंहदरबार वैद्यखाना

चार शताब्दीको इतिहास बोकेको देशकै सबभन्दा पुरानो औषधि उत्पादन गर्ने सरकारी आयुर्वेद औषधि उद्योग बन्द हुने सँघारमा पुगेको छ ।

नेपालमै क्यान्सरको औषधि उत्पादन

काठमाडौं : नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु भएको छ।टिजिग फर्माले उत्पादन गरेको क्यान्सरविरुद्धको औषधि बिक्रीवितरण गर्न थालिएको हो। टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल औषधिमा आत्मनिर्भर बनाउनका लागि आफूहरूले क्यान्सरको औषधि पहिलोपटक उत्पादन गरेर बिक्रीवितरण सुरु गरेको जानकारी दिए।टिजिग क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ। कम्पनीको उद्योग काभ्रेको बनेपामा रहेको छ। भारतको हैदरवादमा रहेको एसपी एक्युर ल्याब ९एसपिएएल०सँग प्

शिवशक्ति बायोप्लान्टिक उद्योगमा सिलबन्दी, अनुसन्धान सुरु

अवैधरूपमा कीटनाशक औषधि उत्पादन गर्ने शिवशक्ति बायोप्लान्टिक उद्योग प्रालिमा जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार सिलबन्दी गरी कारबाही प्रक्रिया सुरु गरेको छ ।

करीब दुई तिहाइ औषधि उद्योग मात्र पूर्ण सञ्चालनमा

काठमाडौं, असार २० । मुलुकमा दर्ता भएका करीब दुई तिहाइ मानव औषधि उद्योग मात्र पूर्ण सञ्चालनमा रहेको पाइएको छ । उद्योग विभागले शनिवार सार्वजनिक गरेको ‘नेपालमा आत्मनिर्भर हुन सक्ने मानव औषधि उत्पादन उद्योगहरूको विस्तृत अध्ययन प्रतिवेदन–२०७७’ यस्तो देखाएको हो । उक्त प्रतिवेदन अनुसार नेपालको औषधि व्यवस्था विभागमा चालू आर्थिक वर्षको वैशाख १२ गतेसम्ममा १०३ औषधि […]

करीब दुई तिहाइ औषधि उद्योग मात्र पूर्ण सञ्चालनमा

काठमाडौं । मुलुकमा दर्ता भएका करीब दुई तिहाइ मानव औषधि उद्योग मात्र पूर्ण सञ्चालनमा रहेको पाइएको छ । उद्योग विभागले शनिवार सार्वजनिक गरेको ‘नेपालमा आत्मनिर्भर हुन सक्ने मानव औषधि उत्पादन उद्योगहरूको विस्तृत अध्ययन प्रतिवेदन–२०७७’ यस्तो देखाएको हो । उक्त प्रतिवेदन अनुसार नेपालको औषधि व्यवस्था विभागमा चालू आर्थिक वर्षको वैशाख १२ गतेसम्ममा १०३ औषधि उद्योग दर्ता छन्, जसमध्ये ६६ ओटा उद्योग मात्र पूर्ण सञ्चालनमा रहेका हुन् । यी उद्योगले उत्पादन र विक्री दुवैका लागि लाइसेन्स पाएको विभागले जानकारी दिएको छ । यस्तै ३३ उद्योग उत्पादन उद्देश्यका लागि लाइसेन्स प्राप्त गर्ने प्रक्रियामा छन् भने दुवै लाइसेन्स पाएका चार उद्योग प्राविधिक कारणले सञ्चालनमा नरहेको प्रतिवेदनमा उल्लेख छ । प्रदेश अनुसार ६६ उद्योगमध्ये ४ (६.०६ प्रतिशत) उद्योग प्रदेश १ मा, १४ (२१.२१ प्रतिशत) प्रदेश २ मा, बागमती प्रदेशमा ३७ (५६.०६ प्रतिशत), गण्डकी प्रदेशमा २ (३.०३ प्रतिशत) र लुम्बिनी प्रदेशमा ९ (१३.६३ प्रतिशत) रहेका छन् । अन्य प्रदेशहरूमा कुनै औषधि उद्योगहरू दर्ता नभएको अध्ययन प्रतिवेदनले देखाएको छ । छनौटमा परेका सबै उद्योगहरू निजी र प्रायः ठूला (९० प्रतिशत) रहेको उल्लेख छ, जसको कुल पूँजी २५ करोडभन्दा बढी छ । केही मध्यम स्तरका उद्योगहरू (१० प्रतिशत)ले पनि लगानी बढाउन योजना बनाइएको बताइएको छ । सञ्चालनमा रहेका सबैजसो उद्योगहरूले ट्याब्लेट, क्याप्सुल, तरल (सिरप÷सस्पेन्शन), पाउडर (सुक्खा सिरप), मल्हम/क्रीम र आँखा/कान ड्रपको रूपमा औषधि उत्पादन गरिरहेको पाइएको छ । ६६ मध्ये ६० उद्योगबाट ट्याब्लेटको वार्षिक उत्पादन क्षमता २ अर्ब र क्याप्सुलको उत्पादन क्षमता पौने २ अर्ब युनिट रहेको छ । त्यस्तै ४५ उद्योगबाट झोल औषधि उत्पादन क्षमता साढे ४ अर्ब, ४० उद्योगबाट मल्हमको उत्पादन क्षमता १५ करोड, २० उद्योगबाट पाउडर (सुक्खा सिरप) ३ करोड र पाँच उद्योगबाट नाक÷कानको ड्रप उत्पादन क्षमता ३७ लाख युनिट रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार नेपाली औषधि उद्योगहरूको क्षमता उपयोग ट्याब्लेट निर्माणका लागि ५५ प्रतिशत, क्याप्सुल ४५ प्रतिशत, झोल ३५ प्रतिशत, मल्हम ५० प्रतिशत, पाउडर ४० प्रतिशत र अन्य (नाक÷कानको ड्रप ३० प्रतिशत रहेको छ ।

नेपालमै क्यान्सरको औषधि उत्पादन हुने

नेपालमा क्यान्सर रोगी कति छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन । क्यान्सरको उपचार प्रदान गर्ने अस्पतालहरुमा आउने रोगीको संख्या पछिल्ला वर्षहरुमा बढिरहेको तथ्यांक छ । यसले मुलुकमा क्यान्सर रोगीको संख्या वृद्धि भइरहेको देखाउँछ। यसैबीच, नेपालमै क्यान्सरको औषधि उत्पादन गर्ने उद्देश्यका साथ एक भारतीय औषधि कम्पनी प्रवेश गरेको छ । तिजिग फर्मा प्रालि नामको कम्पनीले ३५ करोड ११ लाख रुपैयाँ लगानी गरी भक्तपुरमा औषधि उत्पादन प्लान्ट स्थापना गर्दैछ । कम्पनीले यसका लागि उद्योग विभागबाट स्वीकृतिसमेत लिइसकेको छ । क्यान्सर रोग उपचारमा प्रयोग हुने औषधि उत्पादन गर्ने यो नेपालमै पहिलो कम्पनी हुनेछ।