सेती नदीको खोँचमा युवतीको शव भेटियो

गण्डकी । पोखरा महानगरपालिका–१५ अमिनतरास्थित सेतीनदीको खाेँचमा एक युवतीको शव भेटिएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार नदी किनारास्थित ढुङ्गाको खोचमा नामथर वतन नखुलेको अन्दाजी २५.३० वर्षीया युवतीको शव भेटिएको हो । उक्त स्थानमा विशेषज्ञसहितको प्रहरी टोलीले खोचबाट शव निकाली परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको र घटनाबारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको […]