युक्रेनले रुसले लाखौँ टन गहुँ चोरेको आरोप लगाएको छ । युक्रेनका उप कृषिमन्त्री तारास भिसोत्स्कीले रुसी सेनाले कब्जा गरेको क्षेत्रबाट लाखौँ टन गहुँ चोरेको आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।कब्जा गरेका ठाउँबाट अझै १५ लाख टन अन्न चोर्न सक्ने जोखिम रहेको बताएको खबरमा उल्लेख छ । युक्रेनको आरोपबारे रुसले प्रतिक्रिया जनाएको छैन । रुसको व्यापक आक्रमण र बन्दरगाहमा भएको अवरोधका कारण युक्रेनमा अन्न उत्पादनमा बाधा पुगेको छ । युक्रेनमा उत्पादन घट्दा संसारभर खाद्यान्नको मूल्य बढ्ने र अभाव हुने चिन्ता बढेको छ । तर उप मन्त्री भाइसोत्स्की...