भारत र तिब्बत सरकारले पठाए औषधि र स्वास्थ्य सामग्री

भारत र चीनको स्वशासित प्रान्त तिब्बत सरकारले कोभिड- १९ विरुद्ध लड्न नेपाललाई औषधि, स्वास्थ्य सामग्री र उपकरण

सम्बन्धित सामग्री

गौशालामा कोभिड आइसोलेशन केन्द्र सञ्चालन

काठमाडौं । काठमाडौंको गौशालामा ५१ शय्याको कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । मारवाडी सेवा समितिले निर्माण गरेको आइसोलेसन केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले बुधवार शुभारम्भ गरे । केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवाका अध्यक्ष कैलाश गोयलले जानकारी दिए । नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा अक्सिजन सेवासहितको आइसोलेसन केन्द्र स्थापना गरिएको उनले बताए । उक्त अवसरमा उपप्रधानमन्त्री पोखरेलले कोभिडविरुद्ध सबैले मिलेर लड्नुपर्ने बताए । ‘यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन,’ उनले भने, ‘सरकारले अभिभावकको भूमिका निर्वाह गर्छ, तर यो लडाइँ सबै एक ठाउँमा उभिएर लड्नुपर्छ ।’ केन्द्रलाई पूर्णरूपमा सञ्चालन गर्न सीसीएमसी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । अहिले देशका ८६ ठाउँमा पीसीआर प्रयोगशाला र केन्द्रदेखि स्थानीय तहसम्म कोभिड–१९ को उपचार गर्ने अस्पताल स्थापना भएको उनले बताए । सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको भन्दै उनले अक्सिजन प्लान्टलगायत स्वास्थ्य सामग्री खरीद गर्न मन्त्रिपरिषद्बाट निर्णय गरी प्रारम्भ र पहल थालिएको तथा कोरोना भाइरसविरुद्धको खोप खरीदका लागि औपचारिक प्रक्रिया प्रारम्भ गरिएको जानकारी दिए ।     सातओटै प्रदेशमा सात र काठमाडौंमा एक गरी एक हजार क्षमताका आठ होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुट्याइसकेकाले छिट्टै नेपाली सेनाले निर्माण शुरू गर्ने उपप्रधानमन्त्री पोखरेलले बताए । रासस

भारत र चीनबाट औषधि सहयोग

भारत र चीनले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न औषधि सहयोग गरेका छन् । बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई उक्त स्वास्थ्य सामग्री भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गर्नुभयो । भारत सरकारले नेपाल सरकारलाई २३ टन औषधि सहयोग गरेको हो ।

पहिलो चरणमा १२० प्रकारका स्वास्थ्य सामग्री र औषधि आउँदै

नेपालले भारत र चीनका सरकारी निकायबाट १२० प्रकारका औषधि तथा स्वास्थ्य सामग्री ल्याउने तयारी गरेको छ । नेपाली