फास्ट ट्र्याक ठेक्काबारे दिएको निर्देशन पुनर्विचार गर्न लेखा समितिलाई सेनाको आग्रह

नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) ठेक्का सम्बन्धमा यसअघि दिएको निर्देशन पुनर्विचार गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिलाई आग्रह गरेको छ । नेपाली सेनाले रक्षा मन्त्रालयमार्फत लेखा समितिलाई पत्र पठाएर यसअघिको निर्णय पुनर्विचार गर्न आग्रह गरेको हो ।  रक्षा मन्त्रालयले वैशाख २१ गतेको मितिमा लेखालाई पत्र पठाई सेनाको आग्रहअनुसार पुरानो निर्णय पुनर्विचार गर्न आग्रह गरेको हो । प्रधान सेनापति पूर्णचन्द्र थापाले वैशाख १९ गते लेखाको निर्णय पुनर्विचार गर्न आग्रह गर्दै रक्षा मन्त्रालयलाई पत्र लेखेका...