मोरङ – अवैध रुपमा भारततर्फबाट विराटनगर भित्रिएको एक ट्र्याक्टरसहित ४० लाख रुपैयाँ बराबरको सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार महानगरपालिका १२ रोडशेष चौकमा भारतीय नम्बर प्लेट बीआर३८बी२३७८ को ट्र्याक्टरमा राजस्व चुहावट गरी भित्रिएको लत्ताकपडा बरामद गरेको हो। यसक्रममा प्रहरीले ट्र्याक्टर चालक मोरङ जहदाँ गाउँपालिका–१ का १९ वर्षीय रमेश यादवलाई नियन्त्रणमा […]