कञ्चनपुरमा झण्डै दुई लाख रुपैयाँ बराबरका कपडा बरामद

काठमाडौँ- कञ्चनपुर प्रहरीले झण्डै दुई लाख रुपैयाँ बराबरका कपडा बरामद गरेको छ । आइतबार विशेष सूचनाको आधारमा प्रहरीले भीमदत्त नगरपालिका–४ बाट भन्सार छलीका कपडा बरामद गरेको हो । सलाई, अस्तर कपडा, नरिवलको धुलो र प्लाष्टिक झिल्ली गरी करिब एक लाख ८७ हजार रुपैयाँ बराबरका सामग्री बेवारिसे अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

गण्डकीमा भएको नवौँ राष्ट्रिय खेलकुदमा झण्डै ५४ करोड रुपैयाँ खर्च

काठमाण्डाै - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा झण्डै ५४ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । राखेपले गण्डकीमा गएको वर्ष भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको खर्च हिजो सार्वजनिक गरेको हो । राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले प्रतियोगितामा ५३ करोड ७९ लाख रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । सरकारबाट ६० करोड १० लाख रुपैयाँ प्राप्त भएको र आन्तरिक रुपमा ५१ लाख ५२ हजार रुपैयाँ आम्दानी भएको उहाँले जानकारी दिनुभयो । राखेपले २१ वटा शीर्षकमा खर्च विवरण उल्लेख गरेको छ । प्रतिनिधि...

यूएईको सडकमा रातो बत्तीको नियम पालना नगरे झण्डै १८ लाख रुपैयाँ जरिबाना

काठमाण्डौ – यूएईमा हेभी ड्युटी ट्रक चालकले रातो बत्तीको नियम पालना नगरेमा ५० हजार दिर्हाम अर्थात् झण्डै १८ लाख रुपैयाँ जरिबाना र डिपोर्ट हुने भएको छ । यूएईले आफ्नो ट्राफिक नियमको विभिन्न बुँदा संशोधन गर्दै गैर इमिरेटी नागरिक (विदेशी नागरिक)ले हेभी ड्युटी ट्रक चलाउँदा रातो बत्तीको नियम उलङ्घन गरेमा ५० हजार दिर्हाम अर्थात् १७ लाख ९५ हजार ३६० रुपैयाँ जरिवानासहित डिपोर्ट गर्ने प्रावधान ल्याएको हो । यस्तै लापरबाहीका साथ सवारी चलाएमा, अरूलाई जोखिममा पारेमा वा प्रहरी देखेर भाग्ने कोसिस गरेमा त्यस्तो सवारीलाई सि...

वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै झण्डै २ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाण्डौ – वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै झण्डै २ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा धुलाबारी घर भइ अहिले काठमाण्डौको कीर्तिपुर बस्दै आएका ३२ वर्षीय हेमसागर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले समीर तामाङ नाम गरेका एक व्यक्तिलाई कतारको प्रतिष्ठित कम्पनीमा महिनाको लाखौँ कमाइ हुने काम लगाइदिने भन्दै पीडितबाट एक लाख ७२ हजार रुपैयाँ लिएर फरार रहेका थिए । पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा भण्डारीलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको काठमाण्डौ उपत्यका अप...

खोटाङकाे झिसेपुमा भएकाे आगलागीबाट ८५ लाख रुपैयाँ बराबरको क्षति

खोटाङ - खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ झिसेपुमा हिजो भएको आगलागीमा झण्डै ८५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय मैया श्रेष्ठको घरमा विद्युत् सर्ट भएर सुरु भएको आगोले मैया श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र कर्णकुमार श्रेष्ठको घर जलेकाे थियाे। आगलागीमा नगद, सुनचाँदी, लत्ताकपडा, भाँडाकुँडा, अन्नपातलगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा ८४ लाख ५६ बराबर रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले जानकारी दिनुभयो । मैया श्रेष्ठको २७ लाख ...

मुख्यमन्त्री शाहीको चुनाव खर्च झण्डै १९ लाख

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गत मंसिर ४ गते भएको चुनावमा झण्डै १९ लाख रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्। हुम्ला प्रदेशसभा ‘ख’ बाट निर्वाचित नेपाली कांग्रेसका नेता शाहीले शुक्रबार निर्वाचन आयोगमा खर्चको विवरण पेश गरेका हुन्। हाल प्रदेश राजधानी सुर्खेतमा रहेका उनले आफ्ना प्रतिनिधिमार्फत सिमकोटस्थित निर्वाचन कार्यालयमा खर्चको विवरण बुझाएका हुन्। […]

सप्तरी प्रहरीद्वारा झण्डै साढे दुई लाख रुपैयाँ बराबरको पटाका नष्ट

जनकपुरधाम – सप्तरी प्रहरीले अवैध रुपमा भित्र्याइएको झण्डै साढे दुई लाख बराबरको पटाका नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले विभिन्न स्थानबाट बरामद गरिएको २ लाख ४५ हजार २०८ रुपैयाँ बराबरको पटाका नष्ट गरिएको जानकारी दिए। जिल्लाको छिन्नमस्ता, बोदेबरसाईन ,बिष्णुपुर, बलान बिहुल, खडक नगरपालिका, हनुमानगर कंकालिनी, डाक्नेश्वरी, अग्नीसाइर कृष्णसबरणलगायत […]

साफ च्याम्पिनसिपमा झण्डै साढे ३ करोड खर्च हुने

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा झण्डै ३ करोड ५० लाख रुपैयाँ खर्च हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनुमान गरेको छ । भदौ २१ गते देखि हुने च्याम्पियनसिपका लागि तयारी पूरा भएको एन्फाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानाकारी दिएको छ । दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपमा नेपाल समूह […]

चितवनमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति

काठमाडौं । चितवनको माडी नगरपालिका–४ खैरहनीमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय माधव लामिछानेको धन्सारमा बिहान साढे ४ बजे आगलागी हुँदा ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल कुखुराको दानालगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै फार्ममा रहेको १२ सय कुखुरा र झण्डै एक […]

कोरियामा नेपाली मजदुरको तलब न्यूनतम दुई लाख रुपैयाँ

दक्षिण कोरिया : दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदुरको न्यूनतम तलब बढेको छ। सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन कायम गरेको हो। सन् २०२२ देखि लागू हुने यो तलबअनुसार हालको प्रतिघण्टाको ज्याला आठ हजार ७२० कोरियन वनबाट ४४० वन वृद्धि भएको हो। यसअनुरुप हप्तामा पाँच दिन र दैनिक आठ घण्टा मात्र काम गर्दा पनि मासिक १९ लाख १४ हजार ४४० वन हुनेछ। यो रकम झण्डै नेपाली दुई लाख रुपैयाँ बर