नेपालगन्जका निर्मला कुर्मी र नन्कुन्नी धोबीका लागि न्यायको लडाइँमा होमिएको लामो समय भयो, न्याय अझै नजिक छैन । निर्मलाको परिवारका सदस्यको शंकास्पद मृत्यु भयो, अनेक षड्यन्त्र गरी उनलाई पनि बेपत्ता पारियो । घटनामा संलग्नहरूविरुद्ध जति नै आवाज उठाए पनि सुनुवाइ भएको छैन । निरीह महिलाहरूमाथि यति ठूलो अन्याय भइरहँदा पनि राज्यका संरचनाहरू मौन छन् । महिलाको बाँच्न पाउने अधिकारको हनन मात्र होइन, यो मानव अधिकारकै उल्लंघन हो भन्ने जान्दा पनि स्थानीय सरकारदेखि सम्बन्धित सबै निकाय न्यायका लागि प्रतिबद्ध छैनन् । हामी आफ्नै बलबुतामा लड्नुपरिरहेको छ, आन्दोलन गर्नुपरिरहेको छ ।