औद्योगिक जिल्ला मकवानपुरमा उत्पादित सामग्री विदेश निर्यात हुने दर बर्सेनि घट्दो अवस्थामा रहेको छ । विभिन्न प्रतिकूलताका कारण औद्यागिक उत्पादनमा आएको कमीले बर्सेनि निर्यात दर घटेको हो । मकवानपुरबाट छिमेकी राष्ट्र भारत तथा तेस्रो मुलकसँगको निर्यात व्यापार निरन्तर ओरालो लागेको तथ्यांकले देखाएको छ ।